
कञ्चनपुर, ७ पुस । नेपाल टेलिकम शाखा कार्यालय महेन्द्रनगरका सुरक्षागार्डमाथि एक समूहले आज आक्रमण गरी घाइते बनाएको छ ।
कार्यालयको सुरक्षार्थ खटिएका मानप्रसाद भट्टलाई मदिरा सेवन गरेका दुईजनाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनको टाउकालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घाइते भट्टको महाकाली अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको प्रहरीले बताएको छ ।
आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुरक्षागार्ड भट्टलाई मदिरा सेवन गरी आएका दुवै जनाले भनाभनपछि कुटेको बताइएको छ । रासस
0 comments:
Post a Comment