
कान्तिपुर र नागरिक पत्रिकाले बेला बेलामा एउटै घटनाको फरक फरक समाचार तयार पर्ने गरेका छन् |
यो भन्दा अघि पनि एउटै घटना लाइ दुइ अर्थ दिने गरि यी मिडियामा यस्ता खबर आएका थिए |
पढ्नेले कुन सहि मान्ने ? एउटै घटना लाइ नेपालका यी ठुला मिडियाले यसरी एउटाले एक अर्थ दिने र अर्कोले अर्को अर्थ दिने गरि लेख्दा कुन सहि ठान्ने ? यसको मुल्यांकन कसले गर्ने ? कसले हेर्छ यी घटनाको बारेमा ??
समाचार थियो, कुखुराको मासु ल्याउदै गरेको २ कन्टेनरको बारेमा जसलाई धादिङका किसानले धार्केमा नियन्त्रणमा लिएको समाचार मा उल्लेख छ |
समाचारलाई कान्तिपुर ले यसरि लेखेको छ ..
.कुखुराको ५ हजार केजी अवैध मासु बरामद
अवैध मासु केएफसी रेष्टुरेण्टको
कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर ३० - भारतबात ल्याइएको कुखुराको ५ हजार केजी भन्दा बढी अवैध मासु धादिङमा पक्राउ गरिएको छ । दुईवटा भारतीय ट्रकमा ल्याइएको ५ हजार एकसय ४ केजी कुखराको अवैध मासु स्थानीय कुखुरा व्यबसायीले धार्केमा नियन्त्रणमा लिई प्रशासनलाई बुझाएका थिए ।
उक्त मासु काठमाडौंस्थित रेष्टुरेन्ट केएफसीको भएको प्रहरीले बताएको छ । मासुसहित पक्राउ परेका दुईचालकसहित पाँच हाल इलाका प्रहरी कार्यालय नौबिसेमा छन् । अवैध मासु प्रशासनले नष्ट गर्ने तयारी गरिरहेको छ ।
लिंक
नागरिकले भने यसरि लेखेको छ |
केएफसीका लागि ल्याइएको तयारी मासु किसानको नियन्त्रणमा
रामेश्वर कार्की, धार्के (धादिङ), मंसिर ३० - विश्वव्यापी चेन रेस्टुरेन्ट केएफसीका लागि काठमाडौं ल्याउन लागिएको दुई कन्टेनर कुखुराको मासु धादिङका किसानले धार्केमा नियन्त्रणमा लिएका छन्। भारतबाट नेपाल ल्याउन लागिएको थप २० कन्टेनर मासुसमेत नियन्त्रणमा लिने तयारी किसानहरुले गरेका छन्।
उनीहरुले राति एउटा कन्टेनर र अहिले बिहान एउटा कन्टेनर नियन्त्रणमा लिएका हुन्। कुखुरा उत्पादनमा नेपाली किसान आत्मनिर्भर भइसकेकोले विदेशबाट कुखुराको मासु ल्याउन नहुने भन्दै उनीहरुले कन्टेनर नियन्त्रणमा लिएका हुन्।
तीन वर्षअघि सुरु भएको केएफसीले त्यतिखेरदेखि नै नेपालमा उत्पादित कुखुरा अन्तराष्ट्रिय मापदण्ड पूरा नभएको भन्दै थाइल्यान्डबाट मासु आयात गर्दै आएको छ।
धार्केका किसानले एमएच ४३ यु ४३३७ र डिएल १ एम ६५८२ नम्बरका कन्टेनर नियन्त्रणमा लिएका हुन्।
नियन्त्रणमा लिइएका दुबै कन्टेनरमा बेङ्किज इन्डिया लिमिटेडको चलानी रहेको छ। उनीहरुले केएफसी तथा पेप्सीकोला उत्पादक देवयानी इन्टरनेसनलका लागि उक्त कन्टेनर ल्याएका हुन्।
लिंक
अब कसरि थाहा पाउने कुन समाचार सहि ??
0 comments:
Post a Comment