जापानमा ७ दशमलव ३ रेक्टरस्केलको भूकम्प, सुनामीको चेतावनी

By
Advertisement
जापानमा शुक्रबार ७ दशमलव ३ रेक्टरस्केलको भूकक्प गएको छ । उक्त भुकम्पबाट भएको क्षति विवरण भने आईसकेको छैन । अधिकारीहरुले भुइँचालो गएको उत्तरपूर्वी समुद्री क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी दिएका छन् ।

जापानको मौसम बिज्ञान बिभागले मियागी प्रिफेक्चरको १० किलोमिटर आसपास केन्द्र हुनेगरि भूकम्प गएको बताएको छ । सन् २०११ को मार्चमा भूकम्प गएर हजारौँको ज्यान र अरबौंको क्षती भएकै क्षेत्रमा फेरि भूकम्प गएको छ । संचारमाध्यम र प्रत्यक्षदर्शीहरुले समुद्रबाट एक मिटरसम्म अग्लो छाल आएको बताएका छन् ।

0 comments:

Post a Comment