बर्डफ्लु लागेको सयौ कुखुरा रातारात गायब, कुखुराको मासु खाने होसियार ( With Video)

By
Advertisement


तपाई कुखुराको मासु खादै हुनु हुन्छ भने होसियार ! काठमाडौंको रामकोट ६ मा कुखुराको फार्ममा बर्डफ्लुको संक्रमण देखिएपछि कुखुरा नस्ट गर्न सरकारी विशेषज्ञ सहितको टोली जादा फार्ममा एउटा पनि कुखुरा तथा अन्डा भेटिएन |

बर्ड फ्लू लागेका सयौं कुखुरा रातारात गायब भए | फार्मका संचालकले भने कुखुरा र अन्डा नष्ट गरेको बताए पनि कुखुरा तथा अन्डा सस्तो मा अन्यत्र बेचिएको हुन सक्ने शंका पनि उत्तिकै रहेको उपभोक्ता अधिकर्मीहरुले बताउछन |

यस सम्बन्धि न्युज २४ले तयार गरेको एक भिडियो रिपोर्ट.....पावर न्युज मार्फत ..




यो समाचार प्रकाशमा आएपछि फ्रीसंसारले एक कुखुरा फार्म संचालक संग किन यस्तो भयो होला त भन्ने प्रश्न गरेको थियो उनले कुखुरा मरेपछि टेकु लगेर ल्याब टेस्टको लागि दिने भए पनि त्यसको रिपोर्ट आउन कम्तिमा पनि १०-देखि १५ दिन लाग्ने त्यति बेला सम्म अन्य कुखुरा बेच्ने बेला पनि नाघी सक्ने र यदि बर्ड फ्लु नलागेको भए त्यत्तिकै कुखुरा पालेर बस्दा घाटा लाग्ने, सरकारले नष्ट गर्ने जिउदो कुखुराको उचित मूल्य नदिने भएकोले यस्तो हुन सक्ने बताए |

यहि घटनामा पनि मङ्सिर २८ गते रिपोर्टको लागि पठाइएको र रिपोर्ट पुष ८ गते साझ ४ बजे आएको देखिन्छ | जसमा ल्याब टेस्टको लागि लागिएको १० दिन पछि मात्र रिपोर्ट आएको देखिन्छ |

0 comments:

Post a Comment