बिबाहको निहुमा जलाएर हत्या गरिएकी बर्दियाकी शिवा हासमीको घटनाको चर्चा सेलाउन नपाउदै बारमा पनि एक युबतिको जलाएर हत्या गरिएको खबर प्रकाशित भएको छ |
घटना कसले र किन घटाएको हो भन्ने बारेमा केहि थाहा हुन नसकेको प्रहरीले बताएको समाचारमा उल्लेख छ | इकान्तिपुरका अनुसार प्रस्टोका -५ की रामा ठाकुरकी १८ बर्षीय छोरी बिन्दु ठाकुर बिहान ५ बजे शौच गरेर हातमुख धोएर फर्केकी परिवारका सदस्य बताउछन् |
प्रहरीका अनुसार उनको शब बिहान ७ बजे घर भन्दा ५० मिटर पर फेला परेको थियो | घटनास्थलको अबस्था हेर्दा शब रहेको स्थान वरिपरीको झारपात नजलेकोले उनलाई कतै जलाएर त्यहाँ फलेको जस्तो देखिएको प्रहरीको भनाइ छ |
स्थानीय नेरा प्रस्तावित माविमा कक्षा १० मा अध्ययनरत बिन्दु रामाकी माइलि छोरी हुन् |
0 comments:
Post a Comment