शुभतारा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.महालक्ष्मीस्थान–१५, ललितपुरमा मिति २०६९/०९/०३ मा पहिलोपटक सर्जरी गरेर बच्चा निकालीएको छ । ललितपुर शंखु निवासी दिपक प्रसाद संजेल र रिता संजेलको कोखबाट तथा ललितपुर लुभु निवासी सन्तोष के.सी.र करुणा के.सी.को कोखबाट क्रमश छोरी र छोराको जन्म भएको छ ।
उक्त दुबै नवजात शिशुको नाम अस्पतालको नामबाट राख्न इच्छुक भएको कारण नवजात शिशु तथा आमाको दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै छोरा शुभ के.सी. र छोरी तारा संजेललाई निःशुल्क कार्ड दिई अस्पतालले दिने स्वास्थ्य सेवा आजिवन निःशुल्क गर्ने निर्णय समेत अस्पताल संचालक समितिले गरेको छ ।
Subhatara Hospital and Research Center
स्रोत : अस्पताल

0 comments:
Post a Comment