
काठमाडौ, पुस ७ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यसमायोजन गर्दै मट्टीतेल र डिजेलको मूल्य बढाएको छ |
शनिबार देखि लागु हुने गरि नेपाल आयल निगम डिजेल र मट्टीतेल को मूल्य प्रति लिटर २/२ रुपैयाले बढाएको छ भने पेट्रोलको मूल्य भने प्रति लिटर २ रुपैयाले घटाएको छ |
बढाएको मूल्य अनुसार अब डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर ९७ रुपैया छ भने पेट्रोलको मूल्य भने १२५ बाट २ रुपैया घटाई प्रतिलिटर रु १२३ भएको छ |
मूल्य समायोजन गर्दा पनि निगमको माशिक घाटा ४१ करोड बाट ३५ करोडमा मात्रै झर्ने निगम स्रोत बताउछ |
0 comments:
Post a Comment