
टीकापुर नगरपालीकाको विजयनगरका बाबुराम चौधरीको घरमा बसेका प्रधानमन्त्रीलाई थारु परम्परा अनुसार स्वागत सत्कार गर्नको लागि २ दिन देखि नै निकै तयारी गरिएको थियो |
थारु परम्परामा आफ्नो घरमा आउने पाहुनालाई मुसाको चटनी, जाँड तथा ढिकरीको परिकार खुवाई खुट्टा धोएर ढोग्ने चलन भए पनि प्रधानमन्त्रीले सामन्ती सस्कार नगराउनुहोस भन्दै खुट्टा धुन दिन मानेनन |
स्वागतको लागि तयार गरिएको जाँड हेर्दै आफुलाई मदिरा खाने बानि नभएको भए पनि सम्मानको लागि एक घुट्को लिने बताए |
प्रधानमन्त्रीले खानपान गरिसकेपछि बेलुका मुक्तकमैयाका समस्या तथा गुनासाहरु सुनेका थिए |
तस्बिर: नागरिक समाचार
0 comments:
Post a Comment