मुसा जत्रो कुकुर मिनी (फोटो फिचर)

By
Advertisement
कुकुरको बच्चा, मुसा जत्रो सुन्दा साच्चै बिश्वास नै नलाग्ने खबर हो । तर ब्रिटेनमा एउटा यस्तै अपत्यारिलो सत्य बाहिर आएको छ । ब्रिटेनको Yorkshireमा Emma Williamsको घरमा जन्मेको terrier Chihuahua-cross जातको कुकुर जम्मा ७ इन्चको मात्र छ । यो कुकुरको वजन पनि जम्मा 1.3 ounces मात्रै थियो भने हाल यसको वजन 1.9 ounces पुगेको छ । जन्मँदा यो कुकुरको बच्चा मुस्किलले मात्रै अन्डाको तुलानामा केहि ठुलो थियो ।

Emma Williams का अनुसार "मिनी नामको यो कुकुर जन्मँदा अन्य बच्चाको तुलनामा ३ गुणा सानो थियो । जसले गर्दा यसको बाँच्ने सम्भावना पनि कम थियो । तर एक हप्तासम्म यसलाई केहि भएको छैन ।" यसकी मालिक्नी Emmaले यसलाई प्रत्येक २ घन्टामा दुध दिन्छिन यद्यपी यसको माउ कुकुरले पनि यसलाई समय समयमा दुध खुवाउने गर्छ । सानो भएकै कारणले यसलाई बाहिर घुम्न नदिएको भए पनि Emmaले अब भने यसलाई पनि अरुहरुको जस्तै बाहिर घुम्न दिने भएकी छिन, ताकी यसले पनि बाहिरको संसारको आनन्द लिन सकोस ।

यो कुकुर झट्ट हेर्दा मुसा जस्तो देखिन्छ भने यो आइफोनको एउटा साइडमा बस्न सक्छ । अगाडि हेरौँ यसका केहि तस्विरहरु:


Emma Williams, मिनीलाई हातमा लिंदै ।


मालिक्नीको हातमा आनन्दित मिनी ।


खुला हत्केलामा निदाएको अवस्थामा मिनी ।


मिनीलाई पनि आइफोन नै प्यारो ।


आइफोनमा यसरि बस्छ मिनी ।


टिफिन बक्समाथि आराम गर्दै मिनी ।


माउ कुकुर्नी Bella मिनीलाई उचाल्दै, जन्मँदा मिनिको तौल आधा स्याउको जति मात्रै थियो ।


आफ्नो दाजु दिदीहरुको शरीरमाथि नै पनि यो बस्न सक्छ । यसरि बस्दा यसका दाइ-दिदिहरुले पनि कुनै प्रतिक्रिया जनाउँदैनन ।
SOURCE:ENETNEPAL.COM

0 comments:

Post a Comment