दांत दुखेको छ ?? अपनाउनुहोस यी उपायहरु

By
Advertisement

दांत राम्ररी सफा नगर्नाले, बिहान बेलुका दिनहु राम्रो संग ब्रस नगर्नाले हामीले खाएको खानेकुराहरुको टुक्राहरू दाँतको कुनामा रहन्छ |

धेरै समय सम्म यसरि रहदा त्यहि कुहिन्छ, यसरि कुहिदा दात मा किरा लाग्ने गर्दछा साथै दात को जरा खुकुलो हुन्छ र दात दुख्ने गर्दछ |

त्यसैले बिहान बेलुका वा खान खाएपछि दिन को २ पटक राम्रोसंग दात ब्रस गर्ने गर्नु पर्दछ तर यदि तपाइको दात दुखिसकेको छ भने तल दिइएको कुनै उपाय अपनाउन सक्नु हुन्छ जसले गर्दा तपाइँ लाइ निक्कै राहत मिल्नेछ |

  • लसुनको एक कोस्रा थोरै बिरे नुन (आयुर्वेदिक पशल मा पाइन्छ) संग पिसेर (पिधेर) दुखेको दात मा राम्रो संग थिचेर राख्यो भने दातको दुखाई हराउछ |
  • दिनहु एक कोस्रा लसुन खाने राम्ररी चपाएर खाने गर्नाले दात को दुखाई बाट छुटकारा मिल्छ |
  • यदी दांत किराले खाएको छ र दुखेको छ भने किराले खाएर दुखेको भागमा अलिकति हिङ राख्दा दांतको दुखाई धेरै हद सम्म कम हुन्छ |
  • खैनी धेरै खायो भने मुखमा घाउ हुने र ओठ कालो हुने जस्ता समस्या हरु देखा पर्छन तर अलिकति खैनी संग नुन राखेर पिसेर दिनहु दांत ब्रस गर्नाले दांत को दुखाई बाट मुक्ति मिल्छ |
  • दांत दुख्दा तातो पनि को थैलीले सेक्दा पनि निक्कै राहत मिल्दछ |
  • प्याज लाइ कुटेर किराले खाएको दांतमा राख्यो भने पनि दुखाई कम हुन्छ |
  • ल्वाङ को तेलमा कपास भिजाउनु होस् र किरा लागेको दांतमा राख्नु भयो भने पनि दुखाई कम हुन्छ |
  • दांत दुख्ने व्यक्तिहरुले दिनमा ३-४ पटक ल्वाङ मुखमा राखेर चुस्दा फाइदा हुन्छ |
  • पुदिनाको पात लाइ पिधेर किरा लागेको दांतमा मा राख्नाले दुखाइ धेरै कम हुन्छ |
  • हिङ र कागती मिलाई पेस्ट बने दांत ब्रस गर्नाले पनि धेरै फाइदा हुन्छ |

1 comment: