
भारतीय चलचित्र निर्देशक तथा निर्माता महेस भट्टले भारतीयहरु सेक्सका भोका भएको विवादास्पद कुरा गएर एक नया मुद्दाको सुरु गरेका छन् |
भारतमा दर्शकको लागि एडल्ट सिन ( सेक्स) राखिए मात्र धेरै दर्शक सन्तुष्ट हुने बताउदै उनले सेक्स का भोका भएर पनि दर्शकहरु यो कुरा स्विकार्न तयार नभएको बताए | उनले थपे भारतीय दर्शक सेक्सका भोका छन् तर बाहिर बाट देखिदैनन | भारतीय दर्शकमा कामुकता एक रोग जस्तै फैलिएको छ |
निर्माता महेश भट्टका अनुसार आज दर्शकहरुको लागि पारिवारिक चलचित्र पस्कियो भने त्यो फ्लप हुन्छ तर जिस्म, मर्डर, राज टू जस्ता चलचित्र भने दर्शकले धेरै मन पराउने गर्दछन | दर्शकको स्वाद बदलिएको भन्दै उनले फिल्ममा कहानी संगै सेक्स भावना पस्कनु पर्दछ |
दर्सकलाई ग्लामरस, सेक्सी देखिने फिल्म धेरै मान पर्छ | सेक्स संङ्ग सम्बन्धित फिल्मले मज्जाले कमाउने बताउदै उनले जिस्म २ को उदाहरण दिदै उनले यो फिल्म मा पोर्न स्टार सन्नी लियोन लाइ लिएको बेलामा धेरै बब्बाल भए पनि ६ करोड रुपैयाको लागतमा बनेको उक्त फिल्मले ३६ करोड कमाएको भन्दै यसबाट दर्शकले के चाहने भन्ने प्रस्ट भएको बताए | तैपनि दर्शकले यो कुरा मान्न तयार नभएको उनले बताए |
महेश भट्ट भने एउटा यस्तो बेला थियो जुन बेला दिल है कि मानता नहीं, अर्थ र ड्याडी जस्ता रोमान्टिक सिनेमा बनाउथे तर दर्शकको रोजाई बदलिएको छ | दर्शको रोजाई बमोजिमको फिल्म बनाउनु अक्कलको काम भएकोले महेस भट्टले अहिले दर्शकको चाहना अनुरुपको फिल्म बनाएको बताए |

0 comments:
Post a Comment