
जाडो मौसम सुरु हुन थालिसकेको छ । जाडो मौसम सुरु हुनासाथ बच्चाहरुमा नाकमा पानी बग्ने, घाँटीमा खसखस तथा दर्द हुने, रुघाखोकी जस्ता समस्याहरु देखा पर्न थाल्छन । जसले गर्दा अभिभावकहरुलाई सबै भन्दा बढी चिन्ता पैदा हुन्छ । अहिले जाडो पनि सुरु भैसक्यो, कतै तपाइको बच्चाहरुमा पनि यस्तै समस्या देखा पर्न सुरु गरेको त छैन ? यदि यस्तो छ भने अब तपाईलाई हामी केहि हदसम्म राहत दिंदै छौं ।
हजुर हामी आज जाडोमा कसरि बच्चाहरुलाई स्वस्थ राख्ने भन्ने बारेमा सल्लाह दिंदै छौं । यदि तपाई चाहनुहुन्छ की जाडोमा तपाईको बच्चा स्वस्थ र फुर्तिलो रहोस, तपाईले केहि कुराहरुमा ध्यान दिनुपर्छ । जान्नुहोस के के कुरामा ध्यान दिएमा बच्चा स्वस्थ र फुर्तिलो रहन्छ :
बच्चालाई जाडोमा दिनहुँ नुहाउनु भन्दा चिसो कपडाले शरीर पुछ्ने गर्नुहोस ।
बच्चाहरुलाई खाना खान दिनुभन्दा पहिले र खाना खाईसकेपछि बच्चाहरुको हात एन्टीब्याक्टेरियल साबुनले हात धोइदिनुस जसले गर्दा किटाणु फैलन पाउदैन ।
बच्चाहरुलाई ड्राइ फूड, जंक फूड तथा फास्टफूड खुवाउनुको सट्टा बिहान बेलुका पौष्टिक खान खुवाउनुहोस । बच्चाहरुलाई हरिया सागसब्जी, फलफुल तथा गेडागुडी राखेर पूर्ण खाना खुवाउनुहोस ।
बच्चाहरुलाई जाडो छ भन्दैमा कोठाभित्रै मात्रै नराख्नुहोस । बरु घाममा बाहिर निस्कन लगाउनुहोस जसले गर्दा बच्चाहरुलाई भिटामिन डी मिल्छ । भिटामिन डीले बच्चाहरुको हड्डी मजबुत बनाउन सहयोग गर्छ ।
घरमा मोबाइल वा कम्प्युटरमा खेल्न भन्दा खेल मैदान वा चउरमा खेल्न प्रेरित गर्नुहोस यसले गर्दा बच्चाको शारीरिक विकास राम्रो र छिटो हुन मद्दत पुग्छ ।
जाडो मौसममा बच्चाहरुलाई चिसा खानेकुराहरु नदिनुहोस ।
बच्चाहरुलाई जाडो छ भन्दैमा चाहिने भन्दा बढी ताता कपडा हरु नलगाईदिनुहोस् । आबश्यकताभन्दा बढी लुगाहरु बच्चालाई बोझ हुनुका साथै स्वास्थ्यको लागि पनि खराब हुन्छन ।
सधैँ सफा स्वेटर लगाईदिनुहोस । लगातार धेरै दिनसम्म एउटै स्वेटर लगाउन नदिनुहोस किनकि धेरै दिनसम्म एउटै स्वेटर लगाउँदा त्यसमा धुलो र फोहोरहरु जम्मा हुन सक्छन । यसले गर्दा स्वेटरमा किटाणुहरु रहने सम्भावना पनि बढी हुन्छ र रोग लाग्ने सम्भावना पनि बढी हुन्छ ।
बच्चाहरुलाई समयमा सुत्ने बानि बसाल्न लगाउनुहोस । सुत्नु भन्दा अगाडी टिभी हेर्ने बानिलाई कम गराउनुहोस् टिभी हेर्नुको सट्टा किताब पढ्न प्रेरित गर्नुहोस ।
अघिल्लो रात बदम भिजाएर राख्नुहोस् र बिहान त्यसलाई घोटेर दुधमा मिलाएर खुवाउने गर्नुहोस् ।
उपर्युक्त कुराहरुमा ध्यान दिंदा दिंदै पनि बिरामी परेमा नजिकको स्वास्थ्य संस्था वा चिकित्सकसंग सल्लाह लिन पनि नभुल्नुहोला ।
This post is Written by ENETNEPAL.COM
0 comments:
Post a Comment