पचास बर्षकी भइन डेमी मूर

By
Advertisement

हलिउड अभिनेत्री डेमी मूरले आफ्नो जीवनको पचासौ बसन्त आजबाट पर गरेर ५१ बर्षमा प्रवेश गरेकी छिन । आजकै दिन अर्थात् November 11, 1962 मा उनको जन्म न्यू मेक्सिकोको Roswell शहरमा उनको जन्म भएको थियो ।

मूरले अभिनेत्रीका अलावा मोडेलिंगका साथसाथै निर्माता निर्देशक तथा गीतकारको रुपमा पनि हलिउडमा काम गरिसकेकी छिन । आउनुहोस् आजको दिनमा हामी उनलाई जन्मदिनको शुभकामना दिंदै उनीसंग तपाईलाई केहि नजिकबाट परिचित गराउनेछौं ।


डेमीले १६ बर्षको उमेरमा मोडेलिंगमा पाइला राखेकी थिइन ।


सन् १९८० मा नै उनि १८ बर्षकी हुँदा उनले 'OUI' म्यागेजिनको लागि न्युड पोज दिएकि थिइन ।

सन् १९८० मा उनले १८ बर्षको उमेरमा गायक फ्रेडी मूर संग बिबाह गरिन जो डेमीभन्दा १२ बर्ष जेठा थिए । यो बिबाह चार बर्षसम्म मात्र रह्यो र चार बर्षमा नै मूर जोडीको बिबाह टुट्यो ।


उनले सन् १९८१ मा फिल्म 'च्वाइसीस'(Choices)बाट आफ्नो फिल्मी करियर सुरु गरिन । यद्यपी यो त्यति सफल सकेन तर सन् १९८२ मा उनले फेरी 'प्यारासाइट'(Parasite) नामको फिल्ममा अभिनय गरिन । उनको यो फिल्म चाही हिट भयो र यसले ७ मिलियन डलर कमायो ।


सन् १९८६मा रिलिज भएको फिल्म 'अबाउट लास्ट नाइट' को पात्र 'डेबी'ले उनलाई अझ बढी चर्चित गराएको थियो ।


सन् १९८७मा मूरले फेरी अभिनेता ब्रूस विलिससंग बिबाह गरिन । यो जोडीले तिन छोरीलाई जन्म दियो । तर दुर्भाग्य यो जोडी पनि सन् २००० मा नै टुट्यो ।


सन् १९९१मा 'Vanity Fair' म्यागेजिनको लागि न्युड फोटोशूट गराइन जुन खुबै अलोचित भएको थियो ।


एक्टिंगमा लामो ब्रेक पछी मूरले सन् २००३ मा फिल्म 'चार्लीज एंजल्स: फुल थ्रोटल'बाट भिलेनको रुपमा कमब्याक गरिन ।


सन् २००५मा मूरले अभिनेता एस्टन कचरसंग दुइ बर्षको डेटिंगपछी बिबाह गरिन । तर अहिले भने दुबैले सार्वजनिक रुपमा उनीहरुको सम्बन्ध टुटिसकेको घोषणा गरेका छन् ।


डेमी मूरलाई हामी फेरी एकपटक भन्न चाहन्छौं "Happy Birthday to You Demi Moore !"

0 comments:

Post a Comment