लौ भूत खुर्सानी को ब्यबसायिक खेति नेपालमा सुरु

By
Advertisement

तपाईले साहेद यो नाम सुन्नु नै भएको थिएन होला | हो भुत खुर्सानीको अब देखि नेपालमा ब्यबसायिक खेति सुरु हुने भएको छ |

काठमाडौँ, २२ कात्तिक । तपाईंहरु कत्तिको पिरो खानुहुन्छ, यदि धेरै पिरो खानुहुन्छ भने अब तपाईंको चाहना पूरा हुने भएको छ ।

नेपालमा असाध्यै पिरो जातको ‘भोट जलाकिया’ खुर्सानीको खेती सुरु हुने भएको छ । केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्रले नेपालमा असाध्यै पिरो प्रजातिको खुर्सानीको खेती गर्नका लागि तयारी गरेको छ ।

 भारतको आसामबाट ल्याएर खेती गर्न थालिएको हो । उत्पादन केन्द्रले खुमलटारमा तीन वर्षदेखि यसको परीक्षण खेती सुरु गरेको थियो । सो नयाँ जातको खुर्सानी विश्वमै पिरो खुर्सानीमा पर्ने बताइएको छ ।

परीक्षण खेती सफल भएपछि केन्द्रले त्यसको व्यावसायिक उत्पादनका लागि किसानलाई सिफारिस गरेको केन्द्रका प्रमुख भरतकुमार पौडेलले जानकारी दिनुभयो । परीक्षणमा नयाँ खुर्सानीको जात सफल देखिएकाले अब यसको खेती विस्तार गरिने भएको छ । उहाँका अनुसार यो जातको खुर्सानीको मध्यपहाड र तराईका जुनसुकै स्थानमा पनि व्यावसायिक खेती गर्न सकिने र उच्च प्रतिफल लिन सकिने निर्देशनालयले विश्वास लिएको छ ।

फागुन, चैतमा लगाएर असार, साउनदेखि यसबाट उत्पादन लिन सकिने र नेपालको हावापानीमा सो जातको खुर्सानीबाट अत्यधिक मात्रामा नाफा लिन सकिन्छ । नेपालमा अरु तरकारी र फलफूलको व्यावसायिक खेती फस्टाए पनि खुर्सानीले व्यावसायिक रुप पाउन नसकेको अवस्थामा भोट जलोकिया खुर्सानीबाट व्यावसायिक रुपमा फाइदा लिन सकिन्छ । नेपालमा सबैभन्दा बढी खुर्सानीकै आयात गर्ने गरिन्छ । तरकारीमा सबैभन्दा बढी खुर्सानीकै आयात हुने गरेको निर्देशनालयका प्रमुख पौडेलले जानकारी दिनुभयो । खुर्सानीको माग निकै भएकाले खुर्सानी खेतीबाट मनग्गे आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

किसानले खुर्सानी खेतीमा धेरै चासो नदिएका कारणले नेपालमा अहिलेसम्म उन्नत जातको विकास हुन सकेको छैन । नेपालमा अत्यधिक मात्रामा उत्पादन हुने अकबरे प्रजातिको खुर्सानीबाट इलामका किसानले मनग्य आम्दानी लिए पनि अन्यत्र भने त्यसको व्यावसायिक खेती भने हुन सकेको छैन ।

भारतको नयाँदिल्ली, आसाम, कालिम्पोङलगायत क्षेत्रमा सो प्रजातिको खुर्सानीको अत्यधिक मात्रामा खेती गर्ने गरिएको छ । बेलायतको इन्फिनिटी प्रजातिको खुर्सानीलाई पनि भोट जलोकियाले पछाडि पारेको बताइएको छ । गिनिज बुक अफ रेकर्डका अनुसार संसारको सबैभन्दा बढ्ता पिरो हुने प्रतातिका रुपमा भोट जलोकिया दर्ता भएको छ । छ सेप्टेम्बर २००६ मा सो प्रजातिको खुर्सानी विश्वकै सबैभन्दा पिरो खुर्सानीको रुपमा दर्ता भएको थियो ।

खुर्सानीको पिरो मापन गर्ने एकाइलाई स्कोबिल भनिन्छ । बेलायती प्रजातिको इन्फिनिटीलाई पनि पिरो खुर्सानीका रुपमा लिने गरिएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसमा गरिएको दर्ताअनुसार भोट जलोकियाको पिरो ८÷१० स्कोबिल छ । सो परिमाणको पिरो मानव स्वास्थ्यका लागि घातकसमेत मानिएको छ । भोट जोलाकियालाई हाइब्रिड गरेर नागाल्यान्ड, आसाम, मणिपुर र बङ्गलादेशमा समेत व्यावसायिक रुपमा खेती गर्ने गरिएको छ ।

उक्त प्रजातिको खुर्सानीको उचाइ ४५ देखि १२० सेन्टिमिटरसम्म हुने र रङ भने रातो हुने गरेको निर्देशनालयले जनाएको छ । योे खुर्सानी अरु खुसार्नीभन्दा ४०१.५ पटकभन्दा बढी पिरो हुने बताइएको छ । असाध्यै पिरो हुने भएकाले सो खुर्सानीलाई भूत खुर्सानीका रुपमा पनि लिने गरिएको छ । रासस

0 comments:

Post a Comment