लक्ष्मी पूजाका दिन साँझ दीपावली मनाउने बहानामा जथाभावी पटाका पड्काएर सडकमा फाल्ने र घुमफिर गर्न आउने किशोरीहरूलाई जिस्काउनेलाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकाहरूलाई अनुसन्धान गरी केहीलाई सार्वजनिक अपराधअन्तर्गत कानुनी कारबाही चलाउने प्रहरीले जनाएको छ ।
दीपावलीको समयमा हुने अपराध नियन्त्रण गर्न विराटनगरमा बाक्लो गरी प्रहरी परिचालन गरिएको थियो । रातभर प्रहरीको बाक्लो गस्ती भएकोले कुनै अप्रिय घटना हुन पाएन ।
दीपावली मनाउने बहानामा भारी आवाजका शक्तिशाली पटाकाहरू सल्काएर पड्काउन सडकमा फाल्दा बटुवाहरूले सास्ती पाउने गरेका थिए । कतिपयले लक्षित गरेर नै पटाका सल्काएर फालिदिने गरेका थिए ।
प्रहरीले जाँचमा कडाई गरेकोले पटाका अवैध रूपमा आयात हुन नसकेकाले बजारमा बिक्रीवितरण पनि नभएको बताइएको छ ।
पटाका पड्काउने र उच्छृङ्खल गर्ने २६ जना प्रहरी फन्दामा

कात्तिक २९ – दीपावलीको दिन मङ्गलबार साँझ जथाभावी पटाका पड्काउने र उच्छृङ्खल कार्य गर्ने २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Like This Post? Please share!

Subscribe through email and get Free updates
You May Also Like...
- बिहिबार सुनको भाउ लाग्यो ओरालो
- अचम्मित पार्ने गरि आकासियो सुनको भाउ
- बेलबारीमा सामुहिक बलात्कारको घटना सार्बजनिक
- फेरी आकासियो सुनको भाउ : Gold Price
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- बुधबार पनि घट्यो सुनको भाउ
- मंगलबार घट्यो सुनको भाउ
- र्याफ्टिङ का क्रममा नायक राजेश हमाल बागमतीमा खसे ...
- कस्तो भाग्य रैछ यी बालकको, जन्म दिने आमा देखि कर्म दिन्छु भन्ने सबैले छोडे
- सुनको मुल्यमा भारि गिरावट
0 comments:
Post a Comment