२६ असोज, बारा । नेपालीहरुको महान चाड दसैँ र तिहारमा पेट्रोलियम पदार्थको अभाव नहुने नेपाल आयल निगमले जनाएको छ । मागअनुसार पेट्रोलियम पदार्थ आपूर्ति गर्न निगमको बारास्थित अमलेखगन्ज डिपोमा आवश्यक स्टक रहेकाले अभाव नहुने डिपो प्रमुख मुकुन्दप्रसाद घिमिरेले बताउनुभयो ।यस डिपोबाट सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ र लमजुङका ४२२ पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरण हुँदै आएको छ ।
अमलेखगन्ज डिपोले भारतको रक्सौलबाट दैनिक रुपमा करिब १५० किलोलिटर पेट्रोल तथा ६०० किलोलिटर डिजल आयात गर्दै आएको र सोही हाराहारीमा बिक्री वितरण गर्दै आएकाले स्टक रहेको प्रमुख घिमिरेले बताउनुभयो ।
हालका दिनमा मट्टतिेलको खपतमा अत्याधिक कमी आएको डिपोले जनाएको छ । अमलेखगन्जमा हाल ८०० किलोलिटर मट्टतिेल स्टक रहेको निगमको भनाइ छ ।
मूल्य समायोजनपछि पेट्रोल र डिजलमा मट्टतिेल मिसाएर बिक्री गर्ने प्रवृत्तिमा कमी आएकोले यसको खपतमा कमी आएको अनुमान गरिएको छ । रासस

0 comments:
Post a Comment