यसरि मागे श्रम मन्त्रीले घुस (भिडियो सहित )

By
Advertisement
अपडेट: नया भिडियो

कुनै देशका मन्त्रीले नै खुलेहाम घुस मागेपछि त्यस्तो मन्त्रीलाई कस्तो कारबाही होला त ? नेपालका हालका श्रम तथा रोजगारमन्त्री कुमार बेलबासे म्यानपावर कम्पनी दर्ता गर्नको लागि घुस मागेका छन् |

ब्यबसायी बनेर गएका 'भ्रष्टाचारविरुद्धको अभियान नेपाल'का प्रतिनिधिसंग पार्टिका लागि भन्दै उनले घुस मागेका थिए |

प्रतिनिधिले मन्त्री बेलवासे र मध्यस्थकर्ताको भूमिकामा रहेका मालेका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज भाष्कर काफ्लेसँगको संवादको भिडियो रेकर्ड नै गरेका छन् ।

सहयोग बिना पार्टी चल्दैन र यो मौका सधै नआउने भएकोले रकम माग गर्न परेको उनीहरुले प्रतिनिधि संग बताएका थिए | भिडियो टेप प्रकरणको बारेमा मन्त्रीलाई सोध्दा फटाहाहरुले फसाएको भन्ने जवाफ दिएका थिए |

अभियानका प्रतिनिधिहरुले काफ्लेसँग ७ पटक र मन्त्रीसँग एकपटक कुराकानी गरेका थिए र ती सबै कुराकानीको गोप्य क्यामेरा बाट भिडियो खिचिएको थियो |
हेर्नुहोस कसरि घुस् मागेका थिए त मन्त्रि र मध्यस्थकर्ताको भूमिकामा रहेका काफ्लेले


भिडियो : कान्तिपुर

न्युज २४ को पावर न्युज मार्फत प्रशारण गरिएको यो कार्यक्रम पनि हेर्नुहोस




0 comments:

Post a Comment