कहाँ गयो ७१ लाख ??

By
Advertisement

ललितपुर जिल्ला विकास समितिले गएको बर्ष खानेपानी आयोजना संचालनको लागि भन्दै ७१ लाख रुपया खर्च गरेको पाइएको छ जसको कुनै हिसाब किताब नै छैन |

केन्द्रीय अनुदान बाट निकाशा भएको ७१ लाख नियम मिचेर मनोमानी रुपमा खर्च गरिएको पाइएको छ |



नियममा क्रमागत खानेपानी आयोजनालाई ८० प्रतिशत छुट्याएर मात्र नया आयोजनलाई बजेट छुट्याउनु पर्ने हुन्छ |

स्थानीय विकास मन्त्रालयबाट तोकिएको कार्यक्रमका लागि पाएको बजेट तोकिएकै कार्यक्रममा मात्र खर्च गर्न पाउने भए पनि हावादारी ढंगले बाँडेर रमक सकिएको देखिएको छ |

कान्तिपुर दैनिकका अनुसार काम सम्पन्न भएको कागजात नै जिबिसमा छैन सम्बन्धित गाविसले यस सम्बन्धि कागजात पेश नै गरेका छैनन् |

स्रोत अनुसार खानेपानी योजना सञ्चालनको लागि भन्दै २८ गाबिसको नाममा मात्रै एकमुष्ट ३३ लाख ६६ हजार रुपैयाँ बाँडिएको छ |

0 comments:

Post a Comment