नेपालमा धेरै कुराको नाममा ठगि गर्ने गरिएको पाइन्छ | खाने तेल देखि बेसार, दुध, चामल जस्ता अत्याबश्यक कुराहरुमा पनि मिसावट गरेको पाइन्छ |औषधि नराखेको तरकारी खान पाउनु त अब काठमाडौ बासिलाई स्वर्ग जान पाउनु जातीकै हुन्छ होला साहेद |
नेपालको सरकारले यी यस्ता कुराहरुमा संलग्नलाइ भने कारबाही गरेको नै देखिन्न |
अनुगमनका नौटंकी गर्दै सर्बसाधारण जनताको आँखामा छारो हाल्ने र विभिन्न माद्यमबाट कर भन्दै जनताबाट लुटिएको पैसा सकाउने काम बाणिज्य बिभागले गरेको हामीले पढ्दै सुन्दै र देख्दै पनि आइरहेका छौं |
अमेरिकाले सन् २०१४को लागि अक्टोबर ३ देखि नोभेम्बर ३ सम्म EDV भर्नको आबेदन खुल्ला गरेपछि धेरैले डिभी भर्ने ब्यबस्था गरिदिएका छन् |
अमेरिकि दुताबासले सित्तैमा डिभी भर्ने ब्यबस्था हुँदा हुँदै पैसा लीएको भन्दै कारबाही गर्न नेपाल प्रहरीलाई समेत आग्रह गरेपछि अहिले बाणिज्य बिभागले एउटा अर्को नया काम पाएको छ | डिभी भर्नेहरुको अनुगमन गर्दै पत्र काट्ने |
तर सोचनीय कुरा के छ भने नेपालीहरु वास्तबमा अरुले गरेको देख्नै सक्दैनन | डिभी भर्नुमा शुल्क लिनु कुनै नराम्रो काम होइन, नेपालीहरु सबैको घरमा इन्टरनेट हुदैन, सबैले डिजिटल क्यामेरा किनेका पनि हुन्नन र सबिलाई डिभी कसरि भर्ने भन्ने ज्ञान पनि हुदैन |
केहि सस्थाहरुले यी सबै गरिदिए बापत थोरै शुल्क लिनु स्वभाबिक हो | सित्तैमा त कसले पो फोटो खिचिदिन्छ, कसले पो फारम भरिदिन्छ त ??
अनि उनीहरुले यो कार्य गरे बापत चर्को शुल्क पनि लिएको देखिदैन | बढीमा २५०-३०० रुपैया | यी कुरा लेखिरहदा मलाई लाग्यो "नेपाल बिष हुन नसकेको पनि यस्तै कारणले हो, नचाहिदो कुरामा अल्झिने र चाहिने काम नगर्ने, सरकारी कर्मचारी (सबै होइनन, केहि मात्रै ) घुस खान पाए छिट्टै काम गरिदिने (चाहे त्यो अबैध नै किन नहोस ) अनि कहाँ बाट हुन्छ त देशको बिकास , विकास गर्न सोच्नु पर्ने दिमाग और्को खुटा तानमा लागे पछि |
डिभी भर्न पैसा लिएको सम्बन्धि कान्तिपुर टेलिभिजन बाट प्रसारण भएको यो रिपोर्ट क्यानाडा नेपालको सहयोगमा हेर्नुहोस

0 comments:
Post a Comment