बसको ठक्करले एकजनाको मृत्यु

By
Advertisement

कञ्चनपुर, ३० असोज । बसको ठक्करले कञ्चनपुरको भाँसीमा एकजनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बसको ठक्करले भाँसीका ३९ वर्षीय गजेन्द्र भण्डारीको मृत्यु भएको हो ।



घाइते भण्डारीको उपचारका लागि खटिमा लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने ना४ख ४३६ नम्बरका बसचालकलाई गाडीसहित पक्राउ गरेको छ । रासस

0 comments:

Post a Comment