भारतको उत्तर प्रदेशको एक गाउमा विभिन्न सामाजिक कार्यहरुलाई प्रतिबन्ध लगाइएको छ | मानिस जन्मे पछि गरिने भोज र मरेपछिको भोजलाइ प्रतिबन्ध लगाइएको छ | कुनै पनि मान्छे मरेपछि त्यहाँ हुने शोक सभामा उपस्थित हुन पाइने भए पनि त्यस पछि भोज गर्न बन्देज गरिएको छ |
सहारनपुर जिल्लामा ३० गाउँका पंचायतले गरेको निर्णय अनुसार सार्बजनिक ठाउमा, ब्रतवन्ध, बिबाहमा मदिरा सेवन गर्ने लाइ गाउँ बहिस्कार गरिने छ |
दाइजोको बारेमा पनि नया नियम बनाइएको छ | यदि कसैले दाइजो लिए त्यसको चार भाग को एक भाग जफत गरिने नियम बनाइएको छ |
-एजेन्सी

0 comments:
Post a Comment