हिमपहिरोमा परेकाको उद्दार अझै जारी, ६ जनाको सनाखत

By
Advertisement

(गोरखा) हिजो बिहान सदरमुकामबाट करिब ५५ कोस उत्तर दुर्गम क्षेत्र सामागाउँ- ४ मा रहेको मनास्लु हिमालको बेस क्याम्पमा गएको पहिरोमा परेका पाँच बिदेशी र एक नेपाली सहित ६ जनाको सनाखत भएको छ |

सनाखत हुनेहरुमा एक नेपाली गाइड - बाबु दोर्जे शेर्पा, फिलिप डोह, फेड्रिस प्रे, लुडोभिक पाउल चलेइट र केथि्रन निसी गरि ४ जना प्रन्सेली नागरिक र जर्मन नागरिक क्रिष्चियन मिट्टीमेर रहेका छन् |


उक्त हिम पहिरोमा परि बेपत्ता हुनेहरुको संख्या भने अझै यकिन भएको छैन |

हराइरहेकाको खोजीको लागि सोमबार बिहान ९ जे पोखरा बाट ३ वटा हेलिकप्टर आधार शिबिर पुगेका छन् | घटनास्थल बाट घाइते र मृत्यु भएकाहरुलाई सामागाउँ ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएका छन् |

0 comments:

Post a Comment