काठमाडौँको डिल्लीबजार स्थित कारागारमा रहेका कैदीहरु संग पैसा उठाएर अस्लिल चलचित्र ( ब्लु फ्लिम ) देखाउने गरेको समाचार प्रसःमा आएको छ | कैदीहरुले गृहसचिब नबिन घिमिरेलाई लेखेको पत्रमा जेल भित्र खुलेहाम ब्लु फ्लिल देखाउने गरेको, बाहिरियाले चलाएको पसल चौकिदार आफैले चलाई सामानको मूल्य दोब्बर बनाई बेचेको, नाइके, भाई नाइके र चौकीदारले आ-आफ्ना भान्छा चलाएकोर उनीहरु संग खाना किनेर खान बाध्य पारिएको कुरा उल्लेख गरिएको छ भनेर विभिन्न नेपाली मिडियाले छापेका छन् |
यस्ता कार्य गर्न प्रहरी निरिक्षक, जेल प्रशासनका नाइके, भाई नाइके, बहिदार नाइके लगायतको मिलेमतो रहेको, पैसा हुनेलाई घुस लिएर बाहिर घुम्न दिइएको, जेलर संग मिलेर कैदीलाई यातना दिने गरेको पनि उजुरीमा उल्लेख गरिएको छ |

0 comments:
Post a Comment