भट्टीवाली कोमल वली

By
Advertisement

पोइल जान पाम र झ्वाँक तन्नेरी तन्नेरी जस्ता उत्ताउला गीत गाएर जोसिला युवालाई जुरुक्क उठाउने सांगीतिक ‘तरुनी’ तथा बिबादमा आइरहने कोमल वली अब भट्टीवाली भएकी छिन |

तर कोमल वलीले साँच्चै भट्टी खोलेकी भने होइनन | उनलाई भट्टीवाली बनाउने व्यक्ति भने निर्देशक एम.एस.अग्रज र वितरक प्रदीप उदय हुन् | हजुर एम.एस.अग्रजको निर्देशन रहेको चलचित्र 'दबदबा' मार्फत उनि नायिका बनेकी छिन |

जसमा उनले हट एण्ड स्पाईशी घुमन्ते भट्टीवालीको भूमिकामा पहिलोपटक फिल्मि अभिनय गरेकी छिन |
साइको क्राइम थ्रिलरमा आधारित उक्त चलचित्रको रिलिज डेट पनि तय भैसकेको छ | प्रदीप उदयले डिष्ट्रीब्यूशन गर्ने यो फिल्म पौष १३ गते देखि देशभरिका हलमा लाग्ने भएको छ । भट्टीवाली वलीले सोचे भन्दा उत्कृष्ट अभिनय गरेको निर्देशक एम.एस.अग्रजको भनाई छ ।

फ्लिममा रहेका अन्य कलाकार भन्दा पनि पहिलो पटक चलचित्रमा अभिनय गरेकी गायिका वलीको अभिनय यस फ्लिमको आकर्षण रहेको दाबी निर्देशकको छ | गायिकाका रुपमा विवाद र चर्चामा रहिरहने कोमल वली नायिकाको रुपमा कत्तिको सफल रहन्छिन वा उनको भविष्य नायिकाको रुपमा कस्तो हुनेछ त्यसका लागि त कुर्न नै पर्नेछ | कोमल वली नायिकाका रुपमा पनि सफल होउन उनलाई हाम्रो शुभकामना |

0 comments:

Post a Comment