
बजार अनुगमनमा गएको सरकारी टोलीले परिक्षण गर्दा ललितपुरको नवप्रभात डेरी र राजधानी डेरीमा रहेको दुधमा सोडा मिसाएको भेट्टिएको थियो |
नवप्रभात डेरीमा काभ्रेबाट ल्याइएको १ हजार ६ सय लिटर दुधमा सोडा मिसाइएको पाइएको थियो भने राजधानी डेरी मा उत्पादन भइ प्याकिङ गरेको दूधका प्याकेटमा ( २ सय ५३ क्रेट /२ हजार ५ सय ३० लिटर) पनि सोडा मिसाइएको भेटिएको थियो |
यस्तै काभ्रे बाटै ल्याइएको २ हजार लिटर कच्चा दूधमा पनि सोडा भेटिए पछि उक्त दुध प्रहरीको रोहबरमा नष्ट गरिएको छ |
अनुगमन टोलीले दुवै डेरीका संचालकहरुलाई ७ दिन भित्र स्पष्टीकरण दिन भनेको छ |
0 comments:
Post a Comment