![]() |
मनास्लु हिमाल |
मनास्लु हिमालमा आइतबार बिहान गएको हिम पहिरोमा परि १२ जना पर्यटक बेपत्ता भएका छन् |
गोरखाको सामागाउँ गाविस-४ स्थित मनास्लु हिमालको बेश क्याम्पमा आइतबार बिहान खाजा खाने बेलामा पहिरो जादा पर्यटकहरु हिम पहिरोमा परेका थिए |
पहिरोमा परेका मध्ये ७ जनाको शब फेला परिसकेको छ भने ५ जनाको अवस्था अझै पनि अज्ञात छ | उक्त पहिरोमा परेर घाइते भएका १३ जनालाई उद्दार गरि गरिसकिएको प्रहरीले जानकारी दिएका छन् |
सात हजार उचाईमा रहेको हिमालको बेश क्याम्पमा गएको हिम पहिरोमा परेर हराइरहेका ५ जनाको खोजि कार्य तिब्र बनाइएको छ | खोजि कार्यका लागि सिम्रिक एयरको २ वटा हेलिकप्टर पनि खटाइएको छ |
घटनास्थल गोरखाको सदरमुकाम बाट ५३ कोष टाढा छ | घटनामा पर्नेहरुको नाम र बिबरण थाहा नभए पनि पर्यटकहरु थामसेर्को, चायु, हिमालयन गाइड, सेभेन नामक ट्रेकिङ एजेन्सीबाट मनास्लु पुगेका थिए भन्ने जानकारी प्राप्त भएको छ |
0 comments:
Post a Comment