
हसिलो मानिसहरुले अरु मानिसहरु राम्ररी प्रभाबित पार्न सक्ने हुनाले कम्पनीला मालिकहरुले पनि प्राय यस्ता कर्मचारी बढी राख्ने गर्दछन |
तर परिस्थिति हेरेर मात्र हास्नु पर्ने हुन्छ | परिस्थिति र संवेदनशीलता र गम्भीरतालाई विचार नगरी हास्नु हुन्न |
चीनमा हासेको हुनाले एक कर्मचारीले आफ्नो जागिरबाट हात धुनु परेंको छ | चीनको सांक्सी प्रान्तमा भएको ठुलो दुर्घटनामा पुगेका सुरक्षा अधिकारी याङ डकाई घटनास्थलमा मुस्कुराएका तस्बिरहरु इन्टरनेटमा सार्बजनिक भएको थियो |
गत २६ अगस्टमा भएको यो दुर्घटनामा ३६ जनाको ज्यान जाने गरि गत २६ अगस्टमा भएको उक्त दुर्घटनामा मुस्कुराएको कारण देखाई उनलाई पद मुक्त गरिएको हो |
त्यसो त उनले लगाएको घडीको पनि निक्कै चर्चा चलिरहेको छ | केहि तस्बिरहरुमा उनले निक्कै महँगो घडी लगाएको देखिएपछि उनि जहँ आलोचित बन्न पुगेका छन् |
उनले आफुले बैध आम्दानी बाट नै घडी लगाएको र सबै भन्दा महँगो घडी ५ हजार ५ सय ५० डलरको भएको बताएका छन् |

0 comments:
Post a Comment