
ब्यबसायीहरु वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अन्य तत्त्वलाई समेत आधार मान्दै सबारी साधनको पनि भाडादर समायोजन गर्नु पर्ने बताउदै आएका छन् |
पेट्रोलियम पदार्थको मूल्य, लुब्रिकेन्टको मूल्य, मुद्रास्फीति तथा श्रमिकको पारिश्रमिकलाइ आधार मानि मूल्य समायोजन गर्नु पर्ने भएकोले यी सबैको मूल्य बढेपछि सबारी साधनको पनि भाडा बढाउनु पर्ने ब्यबसायीको तर्क छ |
पछिल्लो पटक पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँ र डिजेलमा चार रुपियाँ मूल्य बढाइएको थियो | ब्यबसायीले पेट्रोलियम पदार्थमा पंचा रुपैया भन्दा बढी बढेपछि भाडादर समायोजन गर्नु पर्ने माग गर्दै आएका छन् |
यस अघि वृद्धि भएको भाडादर अनुसार काठमाडौँमा न्युनतम भाडादर १४ रुपया लागु गरिएको थियो | कमजोर सरकारी अनुगमनका कारण कतिपय रुटमा भने यात्रुहरु तोकिए भन्दा बढी भाडा तिर्न बाध्य छन् |
0 comments:
Post a Comment