सरकारले नुन र चिनी जस्तो अति अत्याबस्यक सामग्रीको मूल्य तत्काल नतोकी कन अन्य सामग्रीको मूल्य तोकेको थियो | तर सर्बसाधारण भने सरकारले मूल्य घटाएको होइन झन बढाएको आरोप लगाई राखेका छन | सरकारले ब्यबसायी संग मिलेर झन बजारमा सामानको मूल्य बढाई दिएको छ | सरकारले मूल्य नतोक्दा ३४-३५ प्रतिकिलो मा बिक्रि गरिएको जनरल सोना मन्सुली अब ३६ रुपया भएको छ |
सरकारको यो कदम अति अनि नराम्रो भएको भन्दै चामल किन्न आएका चापागाउ, ललितपुरका एक व्यक्ति आक्रोशित भन्दै भन्दै थिए " यो सरकार त लुट्न पो बसेको छ जस्तो छ, झन मूल्य घट्ला भनेको त हिजो सम्म ३५ रुपैयामा किन्दै गरेको चामल आज सरकारले मूल्य तोकेपछि ३६ रुपया पो भएछ | ४ रुपैया घटेको छ भन्थ्यो केका घट्नु नि १ रुपैया अझ बढाएछ | "
सरकारले गरेको यो मूल्य निर्धारण बाट प्राय जनता दुखि नै छन् | केहि केहि ठाउमा अति नै मूल्य बढाएर बिक्रि गराइएको र सोहि मूल्यलाई आधार मानेर सरकारले ब्यबसायी संग मिलेर मूल्य तोक्दा यसरि मूल्य बढ्न गएको जानकारहरु बताउछन |
मूल्य तोक्दा राष्ट्रिय उपभोक्ता मञ्चका कुनै पनि अधिकारीहरु नराखी मूल्य एकतर्फी रुपमा सरकार का केहि प्रतिनिधि र ब्यापारी मात्र मिलेर मूल्य तोकिएको थियो | मूल्य तोक्दा किसानले बेचेको मूल्य, ढुवानी भाडा, होलसेल मूल्य, थोक र खुद्रा मूल्य विश्लेषणका आधारमा एमआरपी तोकेको भए मूल्य अझ घटाउन सकिने थियो भन्ने उपभोक्ता हित संरक्षण मञ्चका व्यक्तिहरुको गुनासो छ |
सरकारले बजार भाउ, लागत, ढुवानी भाडाहरुको बारेमा अध्ययन नगरी अहिलेको अत्याधिक बजार मूल्यलाई मात्र आधार गरेर मूल्य निर्धारण गरेकोले गर्दा बस्तुको मूल्य जति हुनु पर्ने हो त्यो भन्दा धेरै तिर्न उपभोक्ता बाध्य रहेका छन् |
कुनै पनि देशको सरकारले तोकेको मूल्य बजार मूल्य भन्दा कम हुनु पर्ने हो तर यहाँ धेरै ठाउमा बिक्रि भइ राखेको मुल्य भन्दा बढी मूल्य नै सरकारले तोकिदिएको छ |
यस्तो मुल्यले गर्दा ब्यापारी र उपभोक्ता नै अलमलमा परेका छन् |

0 comments:
Post a Comment