
आन्दोलनरत यातायात ब्यबसायी र सरकार बिच आज सिंहदरबारस्थित भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयमा ५ घण्टा भन्दा लामो समय भएको बार्तामा दुवै पक्ष आफ्ना तर्फबाट लचिलो भइ समस्या समाधान गर्न अग्रसर हुने देखिएपछि भोलि देखि सबारी साधनहरु संचालनमा आउने भएका हुन |
बिगतमा सरकार र ब्यबसायी बिच भएका सहमतिको कार्यान्वयन गर्ने, यातायातको लागि छुट्टै मन्त्रालय गठन गर्ने र हाल ट्राफिकलाई दिइदै आएको अधिकारमा पुनर्विचार गर्ने, यातायात ब्यबसायलाइ उधोगको रुपमा स्थापित गर्ने, सुरक्षित यातायात व्यवस्था प्रत्याभूत गर्ने र बीमाको व्यवस्था गर्ने लगायतका १५ बुँदे मागप्रति सरकार सहमत हुने भए पछि आन्दोलन रोकिएको हो |
यो भन्दा अघि २ पटक सम्म बार्ता नमिले पछि शुक्रबार र सनिबार २ दिन सम्म सार्बजनिक सबारी साधन बन्द रहेका थिए |
बन्द खुले लगत्तै बन्द भएका स्कुल कलेज, उधोग , कलकारखाना पनि सुचारु हुनेछन र बन्दको कारणले हिडेर नै अफिस जानु पर्ने बाध्यताको अन्त्य भएको छ |
0 comments:
Post a Comment