
देशमा रोजगारीको ब्यबस्था नहुँदा नेपालीहरुको बिदेशमा बिजोग हुँदै आएको कुरा सर्बबिदित्तै छ। हामीहरु बिदेशिदा ठुला ठुला सपना बुन्छौ। तर बिदेशको भोगाइ बेग्लै छ ।
शरीर भरी निलडाम परेका भोकै प्यासै नेपाली दुतावासले उनीहरुलाई फर्काएको थियो।
गएको ३ महिना मै मेडिकलमा फाल्यो कतिलाई गएको धेरै महिना बित्दा पनि तलब दिएन घर संपर्क गराएन |
घर भित्र कैद गराएर राखेको कतिलाई खोरमा थुनेर राखेको कुरा पनि सुनियो। त्यसले जे देखायो त्यो हाम्रो देश र हाम्रो प्रतिस्ठा माथि आघात पुर्यायो।
हामीले हाम्रो देशको जनताको लागि स्वरोजगारको ब्यबस्था नगराउने हो भने हाम्रो देशमा सरकार छ भन्नु पनि लाज मर्नु हुने छ। नेपाली चेलीहरु माथि हुने लैङ्गिक हिंसाको साथ साथै शारीरिक हिंसाले महिलाहरु बढी पीडित हुने गरेको कुरा घाम झै छर्लङ छ।
हरेक देशमा नेपालीहरु पीडित छन। दैनिकी नेपाली युवा हरुको लास आउने गर्छ। यता ३महिना देखी कर्मचारी कार्यालयमा हाजिर नगरि तलब खान्छन। कतिले २ बर्ष देखी बिना हाजिरी तलब खाएको पनि देखियो।
मैले काठमाडौं बाट दाङ आउँदा एक जना कर्मचारी नवलपरासी तलब थाप्न आउँदै थिए। उनको त्यहाँ सरुवा भएको २ बर्ष भएछ । तर एक दिन उनले त्यहाँ काम गरेनन।
अब भन्नुस् नेपाली युबा लाखौं बेरोजगार भएर बिदेशिन वाध्य छन। एकातिर नेपालका कर्मचारीहरुको चर्तिकला एस्तो छ।
0 comments:
Post a Comment