बोक्सी भन्दै भाइले खुवाई दिए दाजुलाई मलमुत्र

By
Advertisement
नेपालमा बोक्सी भन्दै धेरै सताउने गरिन्छ | विभिन्न समयमा बोक्सी आरोपमा धेरै मानिसहरु लाइ मान्छेकै दिशा पनि खुवाएको समाचार हामीले सुनेकै हो | यसरि दिशा खुवाउने मानिसहरु प्राय गाउले हरु हुन्थे |

तर आफ्नै भाइले दाजुलाई बोक्सीको आरोप लगाई सोमबार मलमुत्र खुवाई दिए | नवराजपुर २ का परीक्षण मण्डलका भाइबुहारी रामकुमारी देबी बिरामी भएकोले गाउको धामी कहा गएकी थिइन |



धामीले घरमै बोक्सी भएको र उसैले भुत उठाएर लगाएकोले रामकुमारी बिरामी भएकी हुन्, बोक्सी तिमी दाजु परिक्षण हो भनेपछि आफुलाई निक्कै रिस उठेको देवकुमार बताउछन् |

दाजुले आफ्नै घरमै बोक्सी बिद्या प्रयोग गरेको धामीले भनेपछि साथीसंग मिलेर जबरजस्ती मलमुत्र खुवाएको प्रहरीले बतायो |

गाउका केहि व्यक्तिहरुले बोक्सी बिध्या हटाउन त मलमुत्र खुवाउनु पर्छ भनेकोले मलमुत्र खुवाएको पिडित नै बताउछन् | उनि भन्छन " आफ्नै नाता रहेको मान्छेहरुको भेला भनेर बिलाई हात खुटा समातेर गिलासमा घोलेर तयार परेको मल मुत्र खुवाएर जुत्ताको मल लागे गालि गरे"

मलमुत्र खाए देखि बिरामी परेका मण्डलको स्थानीय स्तरमै उपचार भैरहेको छ | एकैछिन बिसेक भएजस्तो हुने र त्यो घटना सम्झने बितिकै वाकवाक लाग्ने र बेहोस हुने स्थानीय बशिन्दा बताउछन |

घटनाका आरोपी ७ जना भए पनि देवकुमार र जितेन्द्र मण्डललाई मात्र प्रहरीले नियन्त्रण मा लिएको छ |

1 comment: