
गूगल ले केहि देशमा मात्र बेच्ने भन्दै ल्याएको सस्तो सात इञ्चको नेक्सस ट्याब्लेटले छोटो समय मा नै धेरै लोकप्रियता कमायो |
गूगल को यो ट्याब्लेट ८ जीबी र १६ जीबी गरि २ मोडलमा पाउन सकिन्थ्यो | जुलाई महिनाको सुरुदेखि बिक्री सुरु गरेको ट्याब्लेटको अर्डर अत्याधिक आएपछि गुगलले १६ जीबी वाला ट्याब्लेटको सिपिङ केहि हप्ता ढिला हुन सक्ने बताएको थियो |
तर यत्ति धेरै अर्डर आउन थाल्यो कि गूगल ले तत्काल उत्पादन गरेर बिक्रि गर्न नै नसक्ने भयो र अनलाइन अर्डर नै बन्द गरेको छ |
गूगलले १६ जीबी वाला ट्याब्लेटको मूल्य २४९ अमेरिकी डलर राखेको छ भने ८ जीबी वालाको भने १९९ अमेरिकी डलर राखेको छ |
८ जीबीवाला ट्याब्लेट भने अहिले पनि अर्डर गर्न सकिन्छ | दुवै मोडलमा एन्ड्रोइडको जेलिबिन अपरेटिङ सिस्टम छ भने १२८० र ८०० को एचडी डिस्प्ले र क्वाड कोर प्रोसेसर छ।
Google stop to take order of new tablet of 16 gb.
0 comments:
Post a Comment