विवादै विवादका बीच जनजातिहरुको प्रस्तावित नयाँ पार्टी घोषणा

By
Advertisement
साउन २५ – केही समय अगाडी शक्तिशाली राजनीतिक पार्टीको उदय हुँदै भनेर प्रचार गरिएपनि जनजाति अगुवाहरुबीच नै नयाँ पार्टी खोल्ने विषयमा विवाद चुलिएर तत्कालका लागि प्रस्तावित पार्टी मात्रै घोषणा गरिएको छ ।

तत्काललाई प्रस्तावितका रुपमा घोषणा गरिएको पार्टीको नाम भने सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी (सोसियल डेमोक्रेटिक प्लुरी(नेसनल पार्टी) राखिएको छ ।

यद्यपी, पार्टी घोषणा कार्यक्रममा जनजाति नेताहरुले नयाँ प्रस्तावित पार्टीलाई नयाँ शक्तिको उदय भएको बताएका छन् ।

उनीहरुले राजधानीको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा पत्रकार सम्मेलन गरेर प्रस्तावित पार्टीको घोषणा गरेका थिए ।

उक्त पार्टीको प्रस्तावित संयोजकमा भने डा. चैतन्य सुब्बा चुनिएका छन् । सुब्बाले प्रस्तावित पार्टी बहुल–राष्ट्रियवाद, सामाजिक लोकतन्त्र र आदिवासीवादको विचार तथा सिद्धान्तबाट निर्देशित हुने बताए ।

0 comments:

Post a Comment