नायीका शुस्मा कार्कीले दिएको हट दृश्यको कारण निक्कै चर्चामा रहेको चलचित्र बिन्दासले एडल्ट सर्टिफिकेट पाएको छ |हुन त नेपालका सेन्सर बोर्डका कर्मचारीले बिचरी नगरी आफुखुसी निर्णय गर्छन रे ,
तर यो फिल्ममा उनीहरुले कुनै पनि दृश्य नकाटी चार चार पटक हेरेर केहि सम्बादमा बीप टोन हाल्न लगाइ सेन्सर गरि एडल्ट सर्टिफिकेट दिएका हुन |
फिल्मी खबरका अनुसार निर्देशक राजु गिरीले सेन्सर बोर्डले निक्कै नै दुख दिएको बताएका छन् |
उनि भन्छन 'सेन्सर बोर्डमा फिल्म नबुझेका मान्छे भएकाले हामीले दु:ख पाउनु परेको हो ।'
अंग्रेजीमा अश्लिल भनीने शब्दलाई भने सेन्सर नगरी केहि नेपाली सम्बादहरु सामान खस्यो, सोझाको मुखमा कुकुरले पनि मुत्छ लाइ सेन्सर गरि काट्न लगाइएको छ |
छायांकन अघि नै निक्कै शुस्माको बोल्ड तस्बिरका कारण निक्कै नै चर्चामा रहेको बिन्दाश भदौ ८ गते देखि देश भर प्रदर्शन हुदै छ |
एडल्ट सर्टिफिकेट पाएपछि यो फिल्म भने १६ वर्ष मुनिका व्यक्तिहरुले हलमा हेर्न पाउने छैनन् |
चलचित्र बिन्दासको प्रोमो यस्तो थियो
रिम झीम रिम झिम पानी पर्यो भन्ने बिन्दासको गीत यस्तो छ

0 comments:
Post a Comment