कलाकार सिताराम कट्टेल धुर्मुस/खड्का जी , रेस्लर भरत बिसुरालसंग रेस्लिङ खेल्दा घाइते भएका छन् |घाइते भए पछि उनलाई तत्कालै शुभतारा प्राकृतिक उपचार केन्द्रमा लगिएको थियो |
सिताराम कट्टेलको ढाड, तिघ्रा र दाहिने हातमा गम्भीर चोट लागेको छ |
गाईजात्राको १६ औं भाग देखाउने क्रममा उनी घाइते भएका हुन् । साउन १८ गतेदेखि सुरु भएको गाईजात्रा भदौ २ गतेसम्म चल्दै छ ।
वास्तबिक रेस्लिंग जस्तै देखाउने प्रस्तुतीमा लड्ने बेलामा रेस्लर भरत बिसुरालले उनलाई उचालेर पछारेका थिए | पछारिदा जिउको ब्यालेन्स मिलाउने पर्ने थियो तर नमिल्दा घाइतेको भएको उनले बताएका छन् |
घाइते भए पनि उनले सकी नसकि प्रहसन जारी गरेका छन् | डाक्टरले केहि दिन बेड रेस्ट गर्नु भने पनि आफुले छाड्दा दर्शक निराश हुने भन्दै उनले प्रहसन जारी राखेका हुन |
जसो तसो २ गते सम्म प्रहसन जारी राख्ने विचार गरेका सीतारामले भने "अरुबेला दुखेपनि प्रहसनको बेला भने नदुख्ने स्प्रे छरेर कार्यक्रम देखाउने गरेको उनले बताए । ‘हिजोदेखि दुखेर खप्न भएको छैन, के गर्नु देखाउनै परिगो"

0 comments:
Post a Comment