विदेशमा लुकाइएको कालो धन भारतमा ल्याउनुपर्ने माग गर्दै ९ अगस्ट देखि अनसनमा बसेका भारतीय योग गुरु रामदेव लाइ आज प्रहरीले पक्राउ गरेको छ | आफ्ना हज्जारौ समर्थक लिएर संसद भवन घेराउ गर्न जाने क्रममा उनलाई नयाँ दिल्लीको रञ्जित सिंह फ्लाई ओभरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
रामदेव लाइ पक्राउ गरेपछि त्यहाँ निक्कै तनाब उत्पन भएको छ |
दिल्ली पुलिशले रामदेव सहित उनका समर्थकलाई पक्राउ गरेर ल्याउन ९० वटा बसको तयारी गरेको छ |
रामदेव लाइ नियन्त्रणमा लिएर राखिएको बसलाइ उनका समर्थकहरुले घेरेर राखेका छन् | रामदेव ली आफ्ना समर्थकलाई शान्तिपुर्ण तबरले प्रदर्शन गर्न आग्रह गरेका छन् |
उनको यो आन्दोलनलाई भारतीय जनता पार्टिको समर्थन रहेको छ |

0 comments:
Post a Comment