
सामाजिक संजालको बढ्दो लोकप्रियतासंगै सेलिब्रेटीहरुले फेसबुकमा आफ्नो फ्यान पेज खोल्ने क्रम पनि बढ्दो छ ।
जब फेसबुकमा फ्यान पेज खोलिन्छ र त्यसमा हजारौ फ्यानहरुले लाइक गरिदिन्छन भने खुसि नहुने सेलिब्रेटी पनि सायदै होलान ।
तर त्यहि हजारौ फ्यानहरुले लाइक गरेको फ्यान पेज ह्याक भयो भने र त्यहि एकाउन्टबाट कसैलाई कुनै गलत संदेश पुग्यो भने त्यस्तो बेला सेलिब्रेटीको हालत कस्तो होला ?
यो कुरा नायक जीवन लुईटेललाई सोध्नुस । किनकि उनले प्रयोग गर्दै आएको फेसवुक एकाउन्ट भर्खरै ह्याक भएको छ । अनलाइनखबरका अनुसार उनको फेसवुक एकाउन्ट र लाईक पेज दुवै ह्याक भएको बुझिएको छ ।
नायक जीवनका अनुसार उनले प्रयोग गर्दै आएका फेसवुक पेज, ‘नाई नभन्नु ल’ को फेसवुक पेज र उनको फ्यान पेज ह्याकरले ह्याक गरी दिएको हो ।
अनलाइनखबरमा अगाडी लेखिएको छ: शनिवार ह्याकरले जीवनको फेसवुकमा माई फेसवुक एकाउन्ट ईज ह्याक भनेर लेखको थियो । यसपछि जीवनले पुन माई याक्चुअल फेसवुक ईज ह्याक भनेर जवाफ फर्काएका थिए ।
फेसवुक ह्याक हुँदा जीवनले आफु तनावमा रहेको वताए । उनले भने, ‘८ हजार भन्दा वढि फ्यान गुमाउनु त आफ्नो ठाउँमा छदै छ । यदि मेरो एकाउन्टबाट गलत सन्देश प्रवाह भयो भने झनै अप्ठ्यारो हुन्छ । जीवनले भने, ‘अव मेरो कुनै पनि फेसवुक एकाउन्ट छैन, भएको एउटा पनि ह्याक भयो ।’
उनले आफु यसवारेमा निवेदन दिन हनुमानढोका जाने समेत वताए । जीवनले आफ्नो नाममा आउने सन्देश आफुले नपठाएको बुझिदिन पनि सवैलाई आग्रह गरेका छन् ।
0 comments:
Post a Comment