त्रिवि शिक्षण अस्पतालमा भइरहेको राजनीतिक नियुक्तिको बिरोध गर्दै आमरण अनसन बसेका डा गोविन्द केसीको स्वास्थ्यमा थप समस्या आउदै गएको समाचार बाहिर आए पछि प्रधानमन्त्रीले बरिष्ठताको आधारमा नियुक्ति गर्नु भन्ने निर्देशन दिएका छन् |
उनले सबैलाई सर्बमान्य हुने गरि समस्याको उचित समाधान गर्न प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका उपकूलपति, रेक्टर, रजिस्ट्रारसहितका पदाधीकारीलाई चिकित्साशास्त्रलाइ निर्देशन दिएका छन् |
डाक्टर के सी अनसन बसेका ५ दिन सक्दा पनि प्रधानमन्त्रीले समस्याको बारेमा नबोलेका उनले आज यस्तो निर्देशन दिएका हुन्| यद्यपि अहिले सम्म प्रधानमन्त्री अनसन बसेका डाक्टरलाइ भेट गर्न गएका छैनन् |
केसीको स्वास्थ्य स्थिति अत्यन्त खराब हुदै गएपछि केसी बचाउन भन्दै नेपाल चिकित्सक संघले थप आन्दोलनको घोषणा गर्दै सनिबार र आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्था बन्द हुने जनाएका छन् |

0 comments:
Post a Comment