
साउन ९ – काभ्रेका अपांगता भएका बालबालिले अब आवास, खाना, स्वास्थ्य, उपचार र शिक्षा निशुल्क रुपमा पाउने भएका छन् ।
अपांगता भएका बालबालिकाहरुले विभिन्न कारण शिक्षाबाट वञ्चित हुन परेको भन्दै एसटुचेन्ज डटकमले काभ्रेको बंग्थाली गा.बि.स मा यीनै बालबालिकाहरुको लागि आवास, खाना, स्वास्थ उपचार र शिक्षा निशुल्क उपलब्ध गराउन लागेको हो ।
एसटुचेन्ज डटकमले त्यसका लागि स्कुल थालिसकेको र २० प्रतिशत कार्य पूरा भईसकेको बताएको छ ।
उसले तपाई हामी सबैबाट नैतिक, भौतिक र आर्थिक सहयोग भएमा आफ्नो लक्ष्य पूरा हुने भन्दै अपांगता भएका र गरिब बालबालिकाहरुलाई शिक्षा दिलाउने यस्तो थालनीमा सहयोगको आग्रह पनि गरेको छ ।
कुनै पनि किसिमको सहयोग को लागि ९८०१०७२२७७ / ९८५१०५५६२३ वा इमेल : info@yestochange.org मा सम्पर्क गर्न सकिने वेब साइटमा जनाइएको छ ।
यदि तपाई पनि कुनै किसिमको सहयोग गर्न चाहनु हुन्छ भने वा तपाई संग पुराना किताब हरु छन् भने दिएर सहयोग गर्न सक्नु हुने छ | तपाइको सानो सहयोगले अपाङ्गहरुले निशुल्क विभिन्न सुबिधा पाउने छन् |
0 comments:
Post a Comment