आफ्नो श्रीमती अरुसंगै रातको १ बजे सुतेको देखे पछि बारामा एक युवकले खुँडा प्रहार गर्दा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् | सिसवा महेशपुर- ८ बरवाका लक्ष्मी सहनी घरमा नभएको मौका छोपी रातको १ बजे स्थानीय ३२ बर्षीय बिनोद सहनी र लक्ष्मीकि २८ बर्षीय श्रीमती चिन्ता शारिरीक सम्बन्ध राख्दै गरेको देखेपछि लक्ष्मीले रिसाएर खुँडा प्रहार गरेका थिए |
खुँडा प्रहारबाट २६ वर्षीय उमाशंकर चौधरी गम्भिर घाइते भएका छन् | टाउकोमा चोट गम्भिर लागेको पछि कलैया अस्पताल र नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा उपचार हुन सकेन र थप उपचारको वीरगञ्जकै नेशनल मेडिकल अस्पतालमा पठाइएको प्रहरी स्रोतले बतायो |
मृत बिनोद सहनीको शब परिक्षणको लागि कलैया अस्पताल मा ल्याइएको छ भने घटनाको थप अनुसन्धान गर्न घटना मा संलग्न लक्ष्मी, पत्नी चिन्ता, लक्ष्मीलाई सघाएको आरोपमा स्थानिय ३० वर्षीय विन्देश्वर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ |
खडा प्रहार गर्ने लक्ष्मी, पत्नी चिन्ता, लक्ष्मीलाई सघाएको आरोपमा स्थानिय ३० वर्षीय विन्देश्वर सहनीलाई नियन्त्रणमा लिएको छ ।

0 comments:
Post a Comment