कामचलाउ प्रधानमन्त्री यसरि भए रातो पिरो: Interview with Baburam Bhattrai (भिडियो सहित )

By
Advertisement
प्रधानमन्त्री बाबुराम भट्टराईले हरेक महिना जनताको प्रश्नको लाइभ उत्तर दिने दिन- जनतासँग प्रधानमन्त्री। तर यो कार्यक्रमको चार्म घटिसक्यो। मान्छेले वास्ता पनि गर्न छाडिसके।

आज त बजारमा अर्कै अन्तर्वार्ताको चर्चा छ- दिलभूषण पाठकको ‘टफ टक’को। हाँसीहाँसी उनले प्रधानमन्त्रीज्युलाई यति ‘टफ-टफ’ प्रश्न सोधे कि प्रधानमन्त्री भट्टराईको मुखै रातो भयो।


सोफामा असजिलो पाराले बसेका यी कामचलाउ प्रधानमन्त्रीले बडो अप्ठेरो मानी-मानी प्रश्नको जवाफ पनि कामचलाउ पाराले दिँदै गए। मिडियालाई सबैभन्दा बढी युज गर्न जानेका र रणनीतिक हिसाबले हरेक हप्ता कुनै न कुनै पत्रिका वा टेलिभिजनमा विशेष अन्तर्वार्ता दिन खप्पिस यी प्रधानमन्त्रीलाई शायद् सबैभन्दा गाह्रो यही अन्तर्वार्तामा भयो होला।


source: मेरो संसार

0 comments:

Post a Comment