मान्छेले मेहनती हुन मौरी बाट सिक्नु रे | मेरा बाजेले पहिला भन्ने गर्नु हुन्थ्यो "हेर मौरी कति परिश्रमी र मेहनती छ, तैले पनि मौरी जसरी गरि मेहनत गरेस्, " तर आज मेरो बाजे हुनु भएको भए बाजेले यो कुरा सुन्नु भएको भए देख्नु भएको भए मलाई पक्कै भन्नु हुन्थ्यो " ल हेर त मौरी होइन, जापनीजहरु बाट सिक कसरि मेहनती बन्नु पर्छ भनेर | काम गर्यो भने के के हुन्न र ...
ल हेर्नुस तपाई पनि जापनिजहरु कति जागरिला हुन्छन | हामीले पहिला पनि पढेका थियौ हिरोसिमा र नागासाकी मा दोश्रो बिश्व युद्द ताका अमेरिकाले खसालेको बम र त्यसको असर को बारेमा | साथै संसारलाई नै चकित बनाएर बम खसालेको ठाउँमा कति मेहनत गरेर पुरानै अबस्थामा ल्याउन सफल भएका थिए जापनिजहरुले |
बिस्लेशकहरु भन्ने गर्थे ती ठाउहरुमा दुबो पनि उम्रदैन तर जापनिजहरुले यसलाई गलत साबित गरिदिए | त्यो ठाउँ नै हराभरा बनाई संसारका सबै चकित बनाएका थिए | स्मरण रहोस नागासाकीमा 60,००० –80,००० र हिरोसिमामा 90,००० –166,००० जनालाई बमले मारेको थियो | क्षति यति नै भयो भनेर गणना गर्ने नसकिने थियो |
फेरी करिब ६ महिना अघि जापानमा आएको सुनामी र भूकम्पले जापानको उत्तरी भागमा निक्कै क्षति पुर्यायो | २०,००० भन्दा बढी मान्छेहरु हराए (सम्भवत: तिनीहरु मृत्यु भयो ) | ८,००,००० भन्दा बढी घरहरु पुरै वा केहि मात्रामा नस्ट भए | करिब ४,००,००० भन्दा बढी व्यक्तिहरु बिस्थापित भएका थिए |
तर आज ६ महिना पछि त्यहाँ निक्कै प्रगति भैसकेको छ | टुक्रिएका समानहरु अन्तै सारिएको छ | सहर निक्कै सफा पारिएको छ | त्यो बेला फोहोरको डङ्गुर देखिने ठाउँ आज हरियाली देखिएको छ |
The 2011 earthquake off the Pacific coast of Tohoku, also known as the 2011 Tōhoku earthquake or the Great East Japan Earthquake .
Prime Minister Naoto Kan told a news conference in Tokyo late Sunday: “I think that the earthquake, tsunami and the situation at our nuclear reactors makes up the worst crisis in the 65 years since the war. If the nation works together, we will overcome.”
हामी हाम्रो वरिपरी भएको अलिकति फोहोर पन्छाउन गार्हो मान्छौ हेर्नुस सुनामीले ल्याएको त्यति धेरै फोहोर कसरि हटाए होलान |
माथिका तस्बिर हरु ३ -३ महिनाको अन्तराल मा लिइएको रहेछ |
तस्बिर स्रोत :sacbee
0 comments:
Post a Comment