सशस्त्रले बचायो तुइनमा अड्केको बिरामी

By
Advertisement
तुइनको घिर्नी बिग्रदा एक बिरामी सहित ५ जनाको सशस्त्र प्रहरीले आइतबार उद्दार गरेको छ | त्रिधुली नदीको माथि रहेको तुइन तर्न लाग्दै गर्दा बिचमा पुगे पछि तुइनको घिर्नी बिग्रिएको थियो र तुइन बिचमा नदीको माथि अड्कियो |

झाडाबान्ता भएकी आफ्नी छोरीको उपचार गर्न चितवन जना लागेकी छिम्केश्वरीकी भरीमाया मगरकि बिरामी छोरी तथा तनहुँको छिम्केश्वरी गाविसका वीरबहादुर मगर, सुष्मा आले, रमिला मगरले त्रिशुली नसिमा आएको भेल बाढी हेर्दै रुदै १० घण्टा बिताउनु परेको थियो |

घिर्नीको पत्ता भाँचिएर बिचमा नै अड्किएर गाउलेहरुले उद्दारको प्रयास गरेपनि नसकेकाले ५ जनाको बाच्ने आश मरिसकेको थियो |

स्थानीय बासिले उद्दार गर्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए तर प्रहरीले पनि केहि गर्न सकेन | त्यसपछि कुरिनटारमा रहेको विपत व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरीलाइ खबर गरिएको थियो |

सशस्त्रको २१ जनाको समुहले 'अपर वाटर रिभर क्रसिङ मेथर्ड' प्रयोग २ घण्टा लगाएर सकुशल उद्दार गरेको थियो |

यहाँ वरिपरी पुल नभएको र पुल तर्न ३ घन्टाको बाटो हिडेर जानु पर्ने भए पछि सबैले प्राय यहि तुइन प्रयोग गर्ने गर्दछन |
६० मिटर लामो उक्त तुइन जिर्ण र अफ्ठ्यारो छ | पटक पटक बिग्रने गरेको उक्त तुइन २-३ दिन पनि बिग्रेको र स्थानीयबासी आफैले मर्मत गरेका थिए |

करोडपतिहरुलाई पोस्न अत्यादेश ल्याउने सरकार जनताका यस्ता समस्या देख्दै देख्दैन, सुन्दै सुन्दैन | जनता दिनहु यसरि ज्यानको बाजी लगाएर हिड्नु पर्ने अवस्था छ भने सरकार अझै जनता कर भन्दै बाट लुटेको रकम कसरी आफुले खाने भन्ने तिर लागेको छ |

यदि सरकारले त्यस क्षेत्रको बासिन्दा लाइ अलिकति सहयोग गरेर एउटा पुल बनाई दिने हो भने त्यहाका बशिन्दा लाइ धेरै राहत हुने थियो |

0 comments:

Post a Comment