गाइ जात्रा देखाउने मेरी बास्सैको नै भो गाइजात्रा

By
Advertisement
मेरी बास्सै नेपाल टेलिभिजन आउने सबै भन्दा धेरै ले मन पराउने हास्य टेलीसृंखला हो | सबैलाई हसाउने सबैलाई रमाउने बनाउने यो टिम का पात्रहरु भने आफै खुसि हुन सकेका छैनन |

निक्कै नै लामो समय देखि यसका मुख्य पात्र सिताराम कट्टेल "धुर्मुस' र केदार घिमिरे 'माग्ने बुढा" बिच मनमुटाब हुदै आए पनि यिनीहरुले मेरी बास्सै चलाउदै आएका थिए |



बेला बेलामा संगै देखिने यी पात्र हिजो आज कार्यक्रममा आपसी मनामुटाबको कारण संगै देखिन्नन | मेरी बसी कार्यक्रमको सुटिंग समेत माग्ने बुढा र धुर्मुश को टिमको छुट्टा छुट्टै हुने गरेको हल्ला चलिरहेको छ |

अहिले सम्म विभिन्न बहाना बनाएर मनमुटाब लुकाउन खोजे पनि अब भने उनीहरुको मनमुटाब बाहिर आएको छ | प्रसङ्ग हो गाइजात्राको |

हास्यव्यँग्य कलाकारहरुका निमित्त दशैं मानिने गाईजात्राको तयारी जोडतोडका साथ भैरहेको समयमा गाईजात्रामा प्रस्तुती दिने मध्ये मेरी बास्सै समुहको भने आफ्नै गाइजात्रा देखिएको छ । सधै नेताहरुको बिचको मनमुटाब र असहमति देखाउने कलाकारहरुको लुकाउन खोजिएको आफुहरुबीचको मनमुटाब भने उदांगो भएको छ यसपालिको गाइजात्रे कार्यक्रमको पत्रकार सम्मेलनमा । हाँस्यव्यंग कलाकारहरु धेरै भएपछि केही वर्षदेखि एकै ठाउँमा कार्यक्रम गर्न अप्ठेरो भएकाले दुईवटा हलमा बाँडिएर कार्यक्रम संचालन हुदै आइरहेको सबैलाई थाहै छ ।

नेपाल टेलिभिजनमा आउने हास्य सिरियलको नामबाट गाईजात्रे प्रस्तुतिको नाम जुराइने परम्परा अनुसार यसवर्ष प्रज्ञा भवनमा देखाइने गाईजात्राको नाम "तीते जिरे मेरी बास्सै" र सभागृहमा देखाइने गाईजात्रा कार्यक्रमको नाम "झ्याईंकुटी मेरी बास्सै जय होस्" भन्ने छ । अर्थात मेरी बास्सै नाम दुवैतिर मिसिएको छ । सधै छुट्टाछुट्टै कार्यक्रमका कलाकारहरुमात्रै छुट्टिएर गरिने कार्यक्रममा यसपाली मेरीबास्सैको दुबैतिर सहभागिता रहेको छ । अर्थात् मेरी बास्सैमा संयुक्त काम गर्दै आएका केदार घिमिरे ‘माग्ने बुढो’ र सिताराम कट्टेल ‘धुर्मुस’बीच लामो समयदेखि मनमुटाबको कारणले धुर्मुस समूह र माग्ने बुढा समूह छुट्टाछुट्टै कार्यक्रममा देखिने भएका छन् । अब माग्ने बुढा समूह सभागृहको कार्यक्रममा र धुर्मुस समूह भने प्रज्ञा भवनको कार्यक्रममा देखिने छन् |

सधै नेता तथा अरुहरुको मनमुटाब र बेमेलको व्यंग्य गर्ने कलाकारहरुमै बेमेल हुँदा गाइजात्रा देखाउनेहरुकै गाईजात्रा देखिएको छ । अब उनीहरुलाई व्यंग कसले गर्ने त ?

0 comments:

Post a Comment