के यिनी नै हुन त राजेशकि प्रेमिका | Great Hero Rajesh Hamal

By
Advertisement
बिहेको कुराले राजेश हमाललाइ प्राय सधै नै सताइरह्यो | हुन पनि किन नसताओस | राजेश हमालको उमेर पनि त ढल्किन लाग्यो नि |

सानै उमेर मा बिबाह हुने नेपाली समाजमा राजेश हमालले अहिले सम्म बिबाह नगर्दा मानिसहरुले उनको बारेमा चर्चा गर्नु सामान्य कुरा नै हो |

यस्तै एक वर्ष भित्र नै बिहे गर्छु भनेर केहि समय अघि राजेश हमाल ले भनेका थिए | प्रेमिकाको नाम नबताए पनि उनको बखान भने खुबै गरेका थिए |


हुन त राजेश हमालको प्रेम को बारेमा यो भन्दा अघि पनि निक्कै चर्चा भएको हो | एक मानसिक रोगिले राजेश हमाल मेरो श्रीमान हो भनेर राजेश हमाललाइ हनुमान ढोका सम्म पुग्न बाध्य पारिन |

हाल अर्की एकप्रेमिकाले राजेश हमाल संग बिहे गर्ने कुरा गर्दै छिन | उनको प्रेम कहानी पनि गज्जबको छ | उनले राजेश हमाललाइ ३ बर्सको उमेर देखि प्रेम गरेकी थिइन रे |


उनि तिन बर्षको हुदा उनका बाबु आमा संग उनि राजेश हमालको सिनेमा हेर्न रन्जना हल पुगेकी थिइन | सिनेमा हेर्दै गर्दा एक्कासी राजेश हमाल लाइ कसैले छुरी रोपेको दृश्य आयो र अभिरुची बेहोस भइन |


तर घर आएपछि पनि उनले राजेश हालको त्यो दृश्यको बारेमा कुरा गर्न छाडिनन | राजेश हमाल लाइ मार्यो कसले, कसले छुरी हान्यो भन्दै कराउन थालेकोले उनलाइ डाक्टरको मा लगियो | डाक्टरले राजेश हमाल लाइ नै भेटाउनु पर्छ भने पछि उनलाई राजेश हमाल संग भेट गराइएको थियो |

त्यतिबेला नै उनले राजेश हमाललाई बिहेको प्रस्ताब गरेकी थिइन रे | राजेश हमाललाई धेरै चोटी भेटको बताउदै राम्रो पढेर स्कुल कलेज टप गरेपछि सबै कुरा पुग्छ भनेर हमालले भनेको र आफुले त्यसै अनुरुप गरेको बताइन |

हाल १९ बर्षीय अभिरुचिको राजेश प्रतिको क्रेजले गर्दा राजेश हमाल संग नाच्ने धेरै नायिकाहरु माथि उनि झम्टीन र बाबुले राजेश हमाल लाइ बिर्स भन्दा बाबुलाई नै मार्ने धम्कि समेत दीइन |

आफ्नै घर नजिकको डियाज अस्पतालमा काम गर्न सुरु गरेकी अभिरुचिले बिहे गर्न राजेश हमाल लाइ कर चाही नगर्ने बताइन | राजेश ले हुन्छ भने बिहे गर्छु नत्र कर भने गर्दिन |

"कहिले कहिँ त लाग्छ राजेश हमालले बिहे अहिले सम्म नगर्नु मलाई नै पर्खेर बस्नु भएको हो कि ? राजेश हमालले प्रेमिका छ उसै संग बिहे गर्छु भन्दा आफनी कुरा गरेको जस्तै लाग्छ " उनले भनिन् |

राजेश हमाल भन्दा अघि बिहे नगर्ने र बिहे अरु संगै गरे छोराछोरी भए पछि पनि राजेश हमाललाइ भेट्न जाने उनले बताइन |
राजेश हमालले वास्तबिक जिबनमा साच्चै बिहे गर्ने रे

0 comments:

Post a Comment