
कस्ता आमा बुबा होलान जसले आफ्नै बच्चालाइ ६ वर्ष देखि गाइबस्तुलाई झैँ बाँधेर राखेका छन् | मान्छेलाई पनि यसरी बाध्नु हुन्छ त ?तर यहाँ बाबुआमाको बाध्यता र पिडा अर्कै छ |
तर हर्नामाडी ४, जरायोटार , मकवानपुरका १४ बर्षिय सुनिल भुजेललाइ गत ६ वर्ष देखि कम्मरमा डोरीले बाँधेर घर भित्र राख्ने गरिएको छ |
सुस्त मनस्थितिका बिरामी रहेका भुजेलले अरुलाई दुख नदिउन र उसलाई पनि चोटपटक नलागोस भनेर त्यसरी बाधेंर राख्नु परेको उनका अभिभावक बताउछन |
राम्रो संग हात नचल्ने हुनाले उनलाई खाना पनि उनका अभिभावक ले नै खुवाउनु पर्छ भने | दिशापीसाब पनि त्यहि नै गर्दछन |
उनलाई २४ घण्टा नै बाँधेर राख्ने गरिएको बताउदै उनका हजुरबुबा भन्नु हुन्छ " गरिब छौं, पैसा छैन, मजदुरी गरेर छाक टार्नु पर्छ | यसलाई बाँधेन भने यसकै पछि लागेर बस्नु पर्छ | सधै यसको पछि लाग्दा काम गर्न पाइन्न अनि के गर्नु त नबाँधेर |"
आठ बर्षको उमेरमा ज्वरो आए पछि एक महिना थला परेका भुजेल त्यस बेला देखि नै रोगि भएका हुन | ज्वरोले चार महिना थालिए पछि उनलाई उपचारको लागि काठमाडौँ ल्याइएको थियो |
उक्त समयमा १ लाख खर्च गर्दा पनि रोग निको नभएपछि खर्चको अभावमा उनलाई घरैमा लागिएको थियो | भर्याङमुनि बाँधेर राखेको भुजेलको उपचार गराउन पाए निको हुने थियो कि भन्ने आश अझै भएको उनकी आमा दुर्गा बताउनु हुन्छ |
0 comments:
Post a Comment