
निक्कै समय अघि कानुन बनाइएको भए पनि यसको कार्यान्वयन हुने कुरामा धेरै बिश्वस्त हुन सकेका छैनन | यो भन्दा अघि पनि कानुन बन्ने बित्तिकै केहि व्यक्तिलाई पक्रेर कानुन बन्यो है भन्ने खबरको प्रचार गरेको थियो |
त्यस पछि निक्कै समय सम्म चुप बसेको नेपाल प्रहरीले फेरी हिजो काठमाडौँको केहि ठाउबाट ७२ जना लाई पक्राउ गरेको जनाएको छ |
सार्बजनिक स्थानमा चुरोट खाने मात्र होइन ठुटो जथाभाबी फाल्नेलाई पनि कार्बाही गरिन्छ रे | तिब्र रुपले कडाइका साथ यो नियम लागु गरिने भन्दै चुरोटको ठुटो फाल्नेले पनि नियम अनुसार पाँच सय जरिवाना तिर्नु पर्ने भएको छ |
सुर्तिजन्य पदार्थको बिज्ञापन नै गर्न नपाउने नियम बनाएर सरकाले कारबाही गर्ने भनिरहेको छ | २०६८ बैशाख २६ गते राजपत्रमा प्रकाशित गरि कुनै पनि संचार माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन गर्न, यसको बिक्रीको लागि कुनै सार्बजनिक स्थानमा सभा सम्मेलन तथा अन्य कार्यक्रम गर्न नपाइने जनाएको थियो |
होर्डिङबोर्ड, भित्ते लेखनहरु सबै सार्बजनिक ठाउबाट हटाउनु पर्ने भनि नियम बनाए पनि सरकार आफैले त्यसको उल्लंघन गरिरहेको छ |
होर्डिङबोर्ड, भित्ते लेखनबाट तथा अन्य तरिकाले बिज्ञापन गरेको पाइएमा एक लाख सम्म जरिवाना गराइने भने पनि सरकार आफैले होर्डिङबोर्डहरु हटाएको छैन |
सरकार नियन्त्रित जनकपुर चुरोट कारखानाको होर्डिङबोर्ड अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडिको नागरिक लगानी कोषको भावना मा आज पनि देख्न सकिन्छ |
यसरि कानुन पालना गराउने ले नै कानुन अबज्ञा गर्छन भने अब कारबाही कसले गर्ने त ??
0 comments:
Post a Comment