जनजातिहरूको छुट्टै दल गठन गर्न देश बिदेशबाट दबाब : शेर्पा

By
Advertisement

केहि समय अघि एमाले मा आबद्द रहेका तथा नेपाल आदिवासी जनजाति महासंघमा महासचिब पद सम्हालेका आङकाजी शेर्पाले जनजाती हरुको हक हित लाइ भन्दै नया पार्टी गठन गर्नु पर्ने भन्दै गृहकार्य गरेका थिए | त्यसै समय मा उनलाई पार्टीको हित बिपरित कार्य गरेको पार्टीको आदेश पालना नगरेको भन्दै पार्टीबाट निस्कासन गरेको थियो |

हङकङमा भएको नेपालको जनजाती आन्दोलन र संबिधान सभा बिगठनको बारेमा जानकारी सभामा उनले जनजातिको छुट्टै पार्टी गठन गर्न चौतर्फी दबाब आइरहेको बताएका हुन |

अहिलेका पार्टी भित्र रहेका जनजातिहरु समेटेर नया पार्टी निर्माण गर्ने वा पार्टीभित्र बसेर आफ्नो हक हितको लागि लड्ने भन्ने बारेमा छलफल भइरहेको पनि उनले बताएका छन् | पार्टी भन्ने कुरा भावनामा बहकिदै हतार मा खोलेर फुर्सदमा पछुताउने कुरा होइन गम्भीर छलफल गरेर मात्र यसको लगाउने कुरा उनले बताए |

जनजातिलाई निक्कै पछाडी पारिएको तथा बेवास्ता गरिएको भन्दै गाई, कुकुर र कागका नाम बिदा दिइने नेपालमा आदिवासीले आफ्नो मौलिक चाडपर्व मनाउँदा बिदा पाउँदैनन्, भन्ने कुरा पनि उठाए |

अहिलेका पार्टीहरुले सत्ता नपाउन्जेल मात्र जनजातिको हितको बारेमा कुरा गर्ने तर सातामा पुगेपछि अधिकार दिने बेलामा चाही माओबादी चीनतिर, कांग्रेस भारततिर, एमाले भुईंतिर र बाँकी आकाशतिर र्फकने गरेको भन्दै उनले व्यंग्य गर्न ब्याए |
उनले भने " हामीले जातीय राज्य नभई पहिचान सहितको लोकतान्त्रिक राज्य खोजेको हौँ "

जिम्मेवार नेताहरु संबिधान बनाउन समस्याको समाधान तिर नलागी अन्योल सिर्जनागर्ने तर्फ लागेकोले सभा बिघटन भएको उनको दाबी थियो |

संबिधानले बहुभाषिक बहुजातीय भन्दा पनि नेपाल मा अहिले सम्म एकात्मक संरचना रहेको बताउदै अधिकार खोस्न नचाहेको तर आफ्नो अधिकार मात्र मागेको उनले दाबी गरे |
महासंघले हङकङमा पनि आन्दोलन सघाउन भन्दै सयुक्त सघर्ष समिति गठन गरेको छ |

0 comments:

Post a Comment