लौ छुट्याउनु होस् मान्छे कि कुकुर ??

By
Advertisement

Feral Child, बास्तवमा यीनिहरु मानिस नै हुन् तर धेरै समय सम्म जंगली पशुहरु संग रहदा बस्दा उनीहरुमा जंगली जनावरकै बानि व्यवहार उनीहरुमा आउन थाल्छ | feral child लाइ हामी जंगली बच्चा पनि भन्ने गर्दछौ |

सानो हुदा जंगली जनावर संग घुलमेल हुने गर्दा र मानिस संगको घुलमेल कम हुदा मानिस मा हुनु पर्ने व्यवहार तथा गुणको असर बच्चा मा पर्दैन | उसले त केवल जंगली जनावरको संगत गरेको हुनाले त्यहि जंगली जनावर ले जे गर्दछ, जस्तो व्यवहार गर्दछ त्यहि सिक्छ र त्यस्तै व्यवहार गर्न थाल्दछ |

हो आज पनि यस्ता बच्चाहरु छन् जो मानिश त हुन् तर रुपले मात्र व्यवहार भने पशुले झैँ देखाउछन | यस्ता कतिपय घटना हामीले सुनेका छौ कि जंगली जनावरले बच्चा लग्यो र पछि भाषा व्यवहार जंगली जनाबर कै झैँ भयो |

यस्तै एक बच्चा हुन् ओक्सना (Oxana Malaya) | उनको जन्म नोबेम्बर ३ १९८३ मा युक्रेन मा भएको थियो | उनका आमा बुवा निक्कै रक्सि पिउने गर्दथे जसले गर्दा सधै रक्सीले मातेर रहने हुनाले उनको रेखदेख राम्रो हुन सकेन |

आफुले हेर विचार गर्न असक्षम भएपछि उनका आमा बाबुले उनलाई ३ बर्ष कै उमेरमा जंगलमै छाडेका थिए | घरमा यौटा कुकुर पालिएको थियो | उनको दिनचर्या कुकुर संग बित्ने गर्दथ्यो | कुकुर ले नै उनको हेरबिचार गर्ने गर्दथ्यो | केहि पछि त यस्तो हुन थाल्यो कि कोहि उक्त बच्चालाई लिन गयो भने कुकुर ले आक्रमण गर्न थाल्यो |

पारिवारिक बेवास्ता र हेलचेक्राईको कारण उनको ५ बर्ष यहि कुकुर संगै बित्यो | जुन बेला उनले कुकुर ले देखाउने व्यवहार सिकिन र त्यस बेला देखि नै उनले कुकुर ले जस्तै व्यवहार गर्न थालिन खाने खानेकुरा देखि लिएर हिड्ने स्टाइल सम्म कुकुर को जस्तै भयो अझ उनि कुकुर ले जस्तै भुक्ने पनि गर्दछिन |

२६ बर्षको उमेर भएपछि २०१० मा उनलाई युक्रेन को मानसिक रोगी रहने ठाउमा लागिएको छ | र उनलाई मानिसले गर्ने व्यवहार सिकाइदै छ | उमेर ढल्की सकेपछि के अब उनले मानब व्यवहार सिक्लिन त ??
उनको बारेमा बनाइएको यो भिडियो हेर्नुस



0 comments:

Post a Comment